अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ सहित १० जनाको ज्यान गयो

news

 

 असार २८,  काठमाण्डौ – पोखराको दुई ठाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका ७ सहित १० जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा गएराति पहिरोले घर पुरिएपछि ४७ वर्षीय कुलबहादुर परियार, उहाँकी श्रीमती ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा–३२ चैनपुरमा पनि पहिरोले घर पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ बेपत्ता हुनुभएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...