अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पुतलीबजार नगरपालिकाको चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

 
वालिङ, २९ असार ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. १३ को मातृभूमि माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷०८१ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखि काम गरेको बताए । सहभागिबाट उठेका जिज्ञासाको जवाफ दिँदै उक्त क्षेत्रमा अपेक्षित सुधार र उपलब्धी हाँसिल गरेको बताउँदै, नगरको एकल प्रयासले भन्दा पनि नगरबासी र सरोकारवालको पनि साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । प्रमुख रेग्मीले विपद्ले जनधनको क्षति पुराएको अवस्थामा आफू सबै ठाउँमा पुगेकोले यस अवस्थामा सबै संयमित भई अगाडी बढ्नुपर्ने बताउँदै खोलानाला तटबन्धन लगायतका विपद् व्यवस्थापन र सुरक्षाका लागि योजना बनाई कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नगर प्रमुख रेग्मीले शिक्षाको गुणात्मक सुधारका लागि केही प्रयास भइरहेको बताउँदै एसईईको नतिजालाई दृटिगत गरि सुधार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । प्रमुख रेग्मीले नगरका मुल सडक मार्गहरुको निर्माण कार्यलाई प्रथमिकतामा राखि कार्य गरिएको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपप्रमुख देवी अर्यालले नगरबासीको स्वास्थ्य सेवा, सरक्षा र मातृशिशु स्वास्थ्यमा नगरले संवेदनशिल भई कार्य गरिरहेको बताउनुभयो । उहांले नगरका योजनाहरुको नियमित अनुगमन निरिक्षण गरि गुणस्तरीय निर्माणका लागि वातावरण सृजना गरेको बताउँदै योजना निर्माणमा सबैको चासो र सहभागिता जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेलले योजना कार्यान्वयनमा संस्कृतिको संरक्षणमा सबैको ध्यान जान जरुरी रहेको बताउँदै समस्यालाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले भूमी बर्गिकरणको कार्य पुतलीबजारले सम्पन्न गरेको बताउँदै प्राप्त सुझावलाई अध्ययन गरि सुधार गर्दै लैजाने बताउनुभयो । कार्यक्रममा नगर प्रवक्ता एवं आर्थिक विकास समितिका संयोजक मनोज पौडेल, शिक्षा शाखा प्रमुख बाबुराम बराल, योजना शाखाका डोलराज ढकाल, सशरी पूर्वाधार विकास शाखाका गोविन्द दोरंगा लगायतले सहभागिबाट उठेका जिज्ञासाको जवाफ दिए । कार्यक्रममा नेपाली काँग्रसका नगर सभापति सुरज कुमार अधिकारी, नेकपा एमालेका नगर अध्यक्ष रेशम बहादुर खत्री, निवर्तमान वडा अध्यक्ष ख्याम नारायण अधिकारी, नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष लक्ष्मी थापा, ज्येष्ठ नागरिक समाज गण्डकी प्रदेशका अध्यक्ष ध्रुबराज अधिकारीलगायतले सिंचाई, कृषि, गुणस्तरिय शिक्षा, सडकबाटो, विपद् व्यवस्थापन, ज्येष्ठ नागरिकका समस्या र सहजीकरण लगायतका विषयमा जिज्ञासा एंव सुझाव राखेका थिए ।
कार्यक्रममा उद्वेश्य माथी प्रकाश एवं नगरपालिकाको सेवा प्रवाह बारे प्रशासन शाखा प्रमुख धन प्रसाद कोइरालाले प्रस्तुत गर्नुर्भको थियो । नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख देवी अर्यालले स्वागत, वडा नं। १३ का अध्यक्ष जुद्धबहादुर थापाले धन्यवाद मन्तव्य र रेडियो स्याङ्जा एवं स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले कार्यक्रम संचालन गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...