अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

वालिङमा नगरस्तरीय खुल्ला कविता प्रतियोगिता सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, ३० असार ।
वालिङमा नगरस्तरीय खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । २११औँ भानुजयन्ती एवम भेषजराज  साहित्य प्रतिष्ठानको नियमित रचना वाचनको ७४औँ शृङ्खलाको अवसरमा शनिबार वालिङ बहुमुखी क्याम्पस र भेषजराज साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा वालिङ नगरपालिकास्तरीय खुल्ला कविता प्रतियोगिता २०८१ को आयोजना गरिएको हो । वालिङ क्याम्पसमा आयोजित कविता प्रतियोगिताका लागि वालिङ नगरपालिकाले सहयोग गरेको थियो । प्रतियोगितामा दिपसारदा प्रथम, बिना रेग्मी द्धितिय, आयुष्मा काफ्ले तृतिय र सबिना डुम्रे सान्त्वना हुनुभएको छ । 
७ जना प्रतियोगिहरुको प्रतिष्पर्धा रहेको कविता प्रतियोगितामा विजेता तथा उपविजेताहरुले क्रमशः ३ हजार, २ हजार, १ हजार, ५ सय नगदसहित भेषजराज रचना, कवितामा बा कृति र प्रमाण प्राप्त गरेका छन् । विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै डा. टंकप्रसाद पन्थले भानुभक्त आचार्यले भाषा र साहित्यमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै भानुजयन्तीका अवसरमा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगिता निकै सकरात्मक पक्ष रहेको बताउनुभयो । 
आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मीकि रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबिच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याएको समेत डा. पन्थले बताउनुभयो । कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष उदय श्रेष्ठ, सुर्यप्रसाद डुम्रे, चण्डीप्रसाद भट्राई, मिलन समिर, धु्रवप्रसाद शर्मापंगेनी, क्याम्पस प्रमुख युवराज पाठक, दिपक लम्साल, आँधीखोला संचार सहकारी संस्थाका अध्यक्ष शान्ता थापा, वालिङ टेलिभिजनका अध्यक्ष जोगराज पाठक, दिलिप तिवारीलगायतले भानुभक्त आचार्यको चर्चा गर्नुभएको थियो । 
कार्यक्रममा कविहरु देशबन्धु आचार्य, गोविन्द बास्तोला, बसन्त खनाल, सुभद्रा रेग्मी, कमला सिग्देल, भोजकुमारी भण्डारी पाण्डे, सृजना रेग्मी प्रकृति, सुर्यप्रसाद डुम्रे, दिपेन्द्र तिवारी, पे्रमप्रसाद सुवेदी, डोलराज सुवेदी, दमकुमारी बगालेलगायत २४ जनाले आफ्ना रचना वाचन गर्नुभएको थियो । प्रतियोगितामा निर्णायक रुपमा अनन्त अर्याल र बोधराज न्यौपानेले भुमिका निर्वाह गर्नुभएको थियो । 
कार्यक्रममा कविहरु दमकुमारी बगाले र डोलराज सुवेदीले नगद ५÷५ हजार प्रतिष्ठानको अक्षयकोषको लागी प्रदान गर्नुभएको छ । भेषजराज साहित्य प्रतिष्ठानको अक्षय कोषका लागी बगाले र सुवेदीले उक्त नगद प्रदान गर्नुभएको हो । प्रतिष्ठानले हरेक वर्ष भेषजविन्दु साहित्यीक पुरस्कार र भेषजराज साहित्य सम्मानबाट विभिन्न सर्जकहरुलाई पुरस्कृति तथा सम्मान गर्दै आएको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...