अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नुहाउँन गएका दिदिबहिनी पानीको दहमा मृत भेटिए

news

 
रेडियो आँधीखोला,
वालिङ ३० असार ।
स्याङ्जामा पानीको दहमा दुई बालिका मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाका अनुसार आईतबार दिउँसो २ बजेको समयमा पुतलीबजार नगरपालिका वडा नं. ४ को रामकोष स्वाँरा स्थित पानीको दहमा डुबेको अवस्थामा दुई बालिका मृत भेटिएका हुन् । 
मृत भेटिएका बालिकाहरुमा पुतलीबजार ४ का नरेन्द्रबहादुर थापाका छोरीहरु कक्षा ९ मा पढ्ने १४ वर्षीय लक्ष्मी थापा र बहिनी कक्षा ५ मा पढ्ने १२ वर्षीय सुस्मिता थापा रहेका छन् । प्रनाउ रानाका अनुसार उनीहरु घरदेखि ५०० मिटर टाढा रहेको पँधेरामा नुहाउँन र कपडा धुन गएका थिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...