अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अमेरिकाको राजनीतिक वातावरणमा धेरै तापक्रम आवश्यक छैन : राष्ट्रपति बाइडेन

news

 

असार ३१, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको राजनीतिक वातावरणमा धेरै तापक्रम आवश्यक नरहेको बताउनुभएको छ । आउँदो चुनावमा उहाँका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानेको घटनापछि वाइडेनले नागरिक सम्बोधन गर्दै अमेरिकी राजनीतिक वातावरणमा उछाल ल्याउन नहुने बताउनुभएको हो ।

ह्याइटहाउसको ओभलबाट मन्तव्य दिँदै बाइडेनले राजनीतिमा शक्तिका बिचमा सधैँ तनाव र मनमुटाब रहनु आवश्यक नरहेको बताउनुभयो । अमेरिकाको राजनीति शान्तिपूर्ण हुनुपर्ने उहाँको भनाइ छ । उहाँले अमेरिकामा प्रजातन्त्र कागजमा र भनिने कुरामा मात्र सीमित नगरेर व्यवहारमा लागू गर्नुपर्ने विषय भएकोमा जोड दिनुभयो ।

हिजो ट्रम्पलाई गोली हान्ने २० वर्षीय थोमस क्रक्सको सुरक्षाकर्मीको गोलीबाट ज्यान गइसकेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...