अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

साउन संक्रान्तिमा छायाँक्षेत्र मन्दिरमा ७१ हजार बढी भेटी संकलन

news

 
आरती कुँवर
वालिङ, १ साउन ।
स्याङ्जा जिल्लाको भीरकोट ४ छाङछाङदीमा अवस्थित प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिरमा  साउन संक्रान्तिको अवसरमा उल्लेख्य भक्तजनहरुले मन्दिर दर्शन गरेका छन् । साउन महिना शिव भगवानको महिना भएकाले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । यसै अवसरमा मंगलबार मन्दिर स्नान तथा पुजापाठका लागी छायाँक्षेत्र मन्दिरमा भक्तजनको विषेश उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिनुभयो । 
जिल्लाकै पवित्र धार्मिक स्थलका रुपमा परिचित छायाँक्षेत्रमा श्रावण महिनामा शिवजीको ब्रत वस्दा मनोकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ साउन महिनाभरी चोखो खाएर भगवान शिवको उपासना गर्ने गरिन्छ । 
यसैबीच संक्रान्तिको अवसरमा छायाँक्षेत्र मन्दिर छाङछाङदीमा ७१ हजार २ सय ६५ रुपैयाँ भेटि संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक पौडेलका अनुसार मन्दिरमा दानपेटिकाबाट १३ हजार ३७०, भजनमण्डलीबाट ११ हजार ५ सय, स्टल विक्रिबाट २९ हजार, पार्किङ सेवाबाट १० हजार र सहयोग रसिदबाट ७ हजार ३ सय ९५ गरी ७१ हजार २ सय ६५ रुपैयाँ भेटि संकलन भएको हो । 
यसरी विभिन्न पर्व विषेशबाट संकलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ ।
छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । श्रीस्वस्थानी व्रत कथामा भनिए अनुसार भगवान शिवले पहिलो बिबाह गरेका सतिदेवीको स्वर्गारोहण भएपछि अर्ध पागलको रुपमा सतीदेवीको मृत शरिर लिएर हिड्ने क्रममा गलेको शरिरको अन्तिम अंग खसेको धार्मिक विश्वासका साथ छायाँक्षेत्र मन्दिरमा स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी लगायत टाढाटाढाबाट पनि मन्दिर दर्शनका लागी आउने गरेका छन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...