अहिले तरंगमा

केहि छिनमा

समाचार

रेडियो आँधीखोलाका प्राविधिक राहुल जिटिलाई फेरि भेटौँला कार्यक्रम

news

रेडियो आँधीखोला
वालिङ, ३ साउन ।
रेडियो आँधीखोला १०५.४ मेगाहर्जका प्राविधिक राहुल जिटिलाई फेरि भेटौँला कार्यक्रम गरीएको छ । विगत दुई वर्षदेखि रेडियोमा प्राविधिकको रुपमा कार्यरत जिटि कामको शिलशिलामा अमेरिका जाने भएपछि रेडियोले फेरि भेटौँला कार्यक्रम गरेको हो । कार्यक्रममा रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापाले देशमै युवाहरु स्थापित हुने अवस्था नभएको अवस्थामा रेडियोले पनि एक इमान्दार कर्मचारीलाई विदाई गरी विदेशको लागी शुभकामना दिनुपर्ने विडम्बना भएको बताउनुभयो । तथापी जिटिको समुज्जवल भविष्यको कामना गर्दै आगामी दिनमा सफलताको कामना व्यक्त गर्नुभयो । 
 
कार्यक्रममा रेडियोका सचिव हिमलाल पराजुलीले रेडियोले उत्पादन गरेका कर्मचारीहरु विभिन्न क्षेत्रमा रहेर काम गर्दै आएको भन्दै टाढा रहेपनि रेडियोलाई गर्ने साथ र सहयोग सँधै गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रबन्धक तोलाकान्त बगालेले एक सहकर्मीलाई विदाई गर्दाको क्षण आँफैमा फरक रहेको भन्दै संस्थाका राम्रा र सकरात्मक पक्षलाई जहाँ भएपनि अनुशरण गर्न सुझाव दिनुभयो । साथै कार्यक्रममा शसस्त्र प्रहरी ३० नंं गुल्मका डिएसपि देवराज जोशीलाई पनि रेडियोले मायाको चिनो सहित विदाई गरेको छ । सरुवा भई काठमाडौ जान लाग्नुभएका जोशीलाई रेडियोले विदाई गरेको हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...