अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पञ्चमुलमा निःशुल्क भिडियो एक्सारे सेवा

 
वालिङ, १० साउन ।
 स्याङ्जाको आँधीखोला गाउँपालिका १ मा रहेको पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्सरे सेवा दिन थालिको छ । गाउँपालिकाले भिडियो एक्सरे मेसिन खरिद गरी स्वास्थ्य केन्द्रमा उपलब्ध गराएसगैँ निःशुल्क सेवा दिन थालिएको हो । यसरी गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा दिने पञ्चमुल केन्द्र जिल्लमै पहिलो हो । 
वडा अध्यक्ष पवनकाजी अधिकारीले प्राथमिक स्वास्थ्य केन्द्रमा स्टाफनर्स सुदिक्षा केसीले तालिम लिएर आएपछि सेवा प्रवाह सञ्चालनमा ल्याएको बताउनुभयो ।  एउटा गर्भवती महिलाले ३८ हप्ता भित्र चार पटक भिडियो एक्सरे गर्नुपर्ने बताउदै अधिकारीले स्वास्थ्य केन्द्रमा ४५÷५० जना गर्भवती महिला स्वास्थ्य परिक्षणको लागि आउने गरेको बताउनुभयो ।  एक पटक भिडियो एक्सरेका लागि पोखरा पुगेर आउदाँ पाचँ हजार भन्दा बढी खर्च हुने र चार पटकमा २० हजार भन्दा बढी खर्च हुने गर्दछ । 
स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे राखेसगै लाखौँ खर्च जोगिने र सामान्य नागरिकको बचत हुने अधिकारीले बताउनुभयो ।  आर्थिक अवस्था कमजोरहुदाँ भिडियो एक्सरे नगरी गर्भवती महिलाले जोखिम मोलिरहेको र अकालमा मृत्यु हुने गरेको जनस्वास्थ्य निरिक्षक डिल्लीराम अधिकारीले बताउनुभयो । दुर्गम गाउँमा सेवा सुचारु भएसगैँ गर्भवती महिलाहरु समेत सेवा पाउने अवस्था सृजना भएको छ भने गर्भावस्थामा आफ्नो र बच्चाको स्वास्थ्यको बारेमा समयमै हुने भएको हो । 
गर्भवती महिलाले यात्राको जोखिम र आर्थिक मानसिक तनाबको भार घटी पहुच र उपभोगमा समेत बृद्धि हुने अकिारीले बताउनुभयो ।  गाउँमै भिडियो एक्सारे हुदाँ आमा र बच्चाको स्वाथ्य सुधार हुने र मातृ तथा नवजाात शिशुको मृत्यु दरमा समेत कमी आउने छ । गाउँमै भिडियो एक्सरे पुगेसगै गर्भवती महिला खुसी भएका छन् । 
यस्तै पालिकाले हरेक महिनामा १५ गते घुम्ति शिबिर गर्ने गरेकोमा अब दुई दिन ८ र ९ गते घुम्ति शिबिर हुने छ । 

 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...