समाचार
सशस्त्र प्रहरी गुल्म नं. ३० का डिएसपि भुजेललाई रेडियो आँधीखोलाद्धारा स्वागत
रेडियो आँधीखोला,
वालिङ १२ साउन ।
सशस्त्र प्रहरी गुल्म नं. ३० का गुल्मपति तथा डिएसपि लिलाबहादुर भुजेललाई रेडियो आँधीखोलाले स्वागत गरेको छ । भर्खरै सरुवा भइ शसस्त्र प्रहरी गुल्म नं. ३० स्याङ्जा आउनुभएका भुजेललाई आँधीखोला संचार सहकारी संस्था तथा रेडियो आँधीखोलाले शनिबार कार्यालयमा स्वागत गरेको हो । कार्यक्रममा डिएसपि भुजेलले संचार जगत र प्रहरी नागरिकको दुखमा संगसंगै हुने भन्दै रेडियोमा आउने सुचनाहरु गुल्मलाई सम्प्रेशरण गरी नागरिकलाई समस्या तथा अप्ठयारा परेका बेला जोखिम न्युनिकरण गर्र्न सहयोग पुग्ने बताउनुभयो ।
आफ्नो गृह जिल्ला सरुवा विरलै हुने भन्दै गृह जिल्लाको शान्ति सुरक्षालाई थप सुदृढ बनाउनका लागी सुरक्षा निकायसंगै संचार जगतको पनि उत्तिकै महत्वपुर्ण भुमिका रहने बताउनुभयो । कार्यक्रममा रेडियोका अध्यक्ष शान्ता थापाले संचार र सुरक्षाको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै दुवैको काम आम सर्वसाधारणलाई सुसुचित गरी संभावित जोखिमलाई कम गर्नुनै भएको बताउनुभयो । कार्यक्रममा निर्वतमान अध्यक्ष नेत्रप्रसाद पाण्डेले आम नागरिकका दुखसंगै रेडियोलाई समस्या परेका बेला गुल्मले साथ दिँदै आएको भन्दै आगामी दिनमा पनि गुल्म र रेडियोको साथ सहयोग सँधै रहने बताउनुभयो । कार्यक्रमको संचालन सचिव हिमलाल पराजुलीले गर्नुभएको थियो ।