समाचार
स्याङजामा नागरिक समाजमैत्री कार्य वातावरण निर्माण सम्बन्धी अन्तरक्रिया
वालिङ, १४ साउन ।
गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशले स्थानीय तहमा गैर सरकारी संस्था तथा नागरिक समाजमैत्री कार्य वातावरण निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम स्याङ्जामा गरेको छ । कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पालिका सदैब सबैपक्षसँगको साझेदारी र सहकार्यमा कार्यक्रमहरु संचालन गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय र स्थानीय गैर सरकारी संस्थासँग विगतदेखि नै साझेदारीमा कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै नीति र कार्यक्रममै समेटिएर नागरिकमैत्री गतिविधि संचालन गर्न सहकार्यका लागि आग्रह गनुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्यालले गैर सरकारी संस्थाले समुदायमा महत्वपूर्ण कार्य गरिरहेको बताउँदै योजनामा सहकार्य र भएका गतिविधिको पालिकाले अनुगमन र निरिक्षण गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम बराल, प्रशासन शाखा प्रमुख धनप्रसाद कोइराला, नेपाल बार एशोसियसनका अध्यक्ष तुलसी गिरी, सामाजिक विकास कार्यालयका प्रमुख शोभाचन्द्र रेग्मी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदार, आपसी सहयोग केन्द्र नेपालका कार्यकारी निर्देशक हरि ढकाल, स्याङ्जा अपांग समाजका अध्यक्ष राम शर्मा पोख्रेल, आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल लगायतले गैर सकारी संस्था सरकारको सहयागी अंग भएकाले एकआपसमा सहकार्य र साझेदारीबाट नै समग्र विकासमा योगदान गर्न सकिने बताएका थिए ।
गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष पदमराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सचिव शिव शर्माले सहजीकरण र गैर सरकारी संस्था महासंघ स्याङ्जाका अध्यक्ष गोविन्दप्रसाद शर्माले संचालन गर्नुभएको थियो ।