अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु

 
वालिङ, १४ साउन ।
स्मृति युवा क्लब पुतलीबजार नगरपालिका १३ लाम्पाटा, स्याङ्जाको मुख्य आयोजना, महायज्ञ मुल समारोह समिति उपसमितिको सहआयोजना र हाम्रो समन क्याम्पको व्यवस्थापनमा मातृभूमि खेलमैदान, पुलको मुख स्याङ्जामा श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । मातृभूमि खेल मैदानको संरक्षण, प्रवद्र्धन तथा शिवालय मन्दिर स्थापनार्थ महायज्ञको आयोजना गरिएको हो । २१ गतेसम्म चल्ने महायज्ञमा सु प्रसिद्ध कथा वाचिका विदुषी सुधादेवी अच्युत प्रीया जी र माधुर्य वाचक रामप्रपन्नाचार्य (ऋषि गुरु) ज्यू ले संगितमय कथा प्रवचन गर्नुहुनेछ । 
वैदिक दर्शनप्रति अभिप्रेरित गर्दै मातृभूमि खेल मैदानको संरक्षण, प्रवद्र्धन तथा शिवालय मन्दिर स्थापना गर्ने उद्येश्य अनुरुप सप्ताहव्यापी महायज्ञ सञ्चालन गरिएको यज्ञ मूल आयोजक समितिका संयोजक भीम रानाले बताउनुभयो । सप्ताहव्यापी ज्ञान महायज्ञको समुद्घाटन गर्दै संविधान सभाका सदस्य माननीय टुकराज सिग्देलले महायज्ञ धार्मिक तथा पौराणिक महत्व सँगसँगै पुतलीबजार नगरपालिका मात्र नभई स्याङ्जा जिल्लाको नै शान भएको हुदाँ सम्पूर्ण जिल्लावासीहरुलाई अन्तर आत्मादेखि नै दान गरी महान अभियानमा सहयोग पु¥याउन अनुरोध गर्नुभयो । 
महायज्ञमा निवर्तमान संघीय सांसद नारायण प्रसाद मरासिनी, गण्डकी प्रदेश सभा सदस्य माननीय सुधिर कुमार पौडेल, पुतलीबजार नगरपालिकाका निवर्तमान प्रमुख सीमा कुमारी क्षेत्री, पूर्व जिविस सभापति राम बहादुर थापा, पुतलीबजार नगरपालिकाका निवर्तमान उपप्रमुख महेश पुरी, पुतलीबजार १३ का वडा अध्यक्ष जुद्ध बहादुर थापा, नेपाली कांग्रेस पुतलीजबार नगर सभापति सुरज कुमार अधिकारी, मातृभूमि मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ख्यामनारायण अधिकारी, नेपाल रेडक्रस सोसाइटी स्याङ्जा उपसभापति लक्ष्मी थापा र ब्रम्हकुमारी ईश्वरीय विद्यालय स्याङ्जाका सचिव नेत्रनारायण पौडेल लगायतले महायज्ञ सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 
स्मृति युवा क्लब तथा यज्ञ मूल आयोजक समितिका संयोजक भीम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत क्लबका सदस्य शेषराज सुवेदी र संचालन क्लबका सचिव मिन प्रसाद अर्यालले गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...