अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

साउन महिनाको दोस्रो सोमबार छायाँक्षेत्रमा पौने २ लाख बढि आम्दानी

news

 
वालिङ, १४ साउन ।
स्याङ्जाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिरमा साउन महिनाको दोस्रो सोमबार उल्लेख्य भक्तजनहरुले मन्दिर दर्शन गरेका छन् । साउन महिना भगवान शिवको प्रिय महिना भएकाले साउन महिनामा भगवान शिवको पुजा आरधना गर्ने सोमबार ब्रत बस्ने तथा शिव मन्दिरमा गई शिवको दर्शन तथा पुजापाठ गरेमा मनोकांक्षा पुरा हुने आस्थाका साथ भक्तजनहरु सोमबार सोमबार मन्दिरमा विषेश रुपमा जाने गरेका छन् । सोमबारका अवसरमा छायाँक्षेत्र मन्दिर छाङछाङदीमा १ लाख ७८ हजार ३ सय १२ रुपैयाँ भेटि संकलन भएको छ । 
मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलका अनुसार मन्दिरमा सहयोग रसिदबाट ३२ हजार ३८९, आजीवन सदस्यताबाट ६५ हजार ११८, स्टल विक्रिबाट १६ हजार ५० रुपैँया, मुल मन्दिर तथा भजन मण्डलीबाट ३८ हजार ५ सय, दानपेटिकाबाट २६ हजार २ सय ५५ गरी १ लाख ७८ हजार ३ सय १२ रुपैँया भेटि संकलन भएको हो । मन्दिरमा दैनिक महाआरती समेत गरिँदै आईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । 
दैनिक रुपमा बेलुका साढे ७ बजेदेखि महाआरती गरिँदै आईएको भन्दै महाआरतीमा सहभागि भई पुण्य प्राप्त गर्न भक्तजनहरुलाई अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो । मन्दिरमा गरिएको यो महाआरती दोस्रो पटक हो । यसअघि २०७५ सालमा पहिलो पटक महाआरती गरिएको थियो । आफ्ना पितृहरुको स्मरणमा, विभिन्न शुभ कार्य, जन्मोत्सवका अवसरमा भक्तजनहरुले महाआरती गराउन सक्ने अध्यक्ष उहाँले बताउनुभयो ।
यसैबीच यसरी विभिन्न पर्व विषेशबाट संकलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । मन्दिरमा मनोकांङ्क्षा पुरा हुने विश्वासले स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, चितवन, कास्की, बाग्लुङ लगायत टाढाटाढाबाट मन्दिर दर्शनका लागी आउने गरेका छन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...