अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

गण्डकी प्रदेशकै उत्कृष्ठ बन्यो वालिङको नेपाल आर्दश विद्यालय

news

 
रेडियो आँधीखोला,
वालिङ १५ साउन ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ८ को भिमटारीमा रहेको नेपाल आर्दश माध्यमिक विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ठ बन्न सफल भएको छ । चन्द्रलोक प्रतिष्ठान काठमाडौ नेपालले नेपाल आर्दश माध्यमिक विद्यालयलाई गण्डकी प्रदेशकै उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८१ बाट सम्मान गरेको हो । पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल आर्दश माध्यमिक विद्यालयका प्रिन्सीपल होमकान्त गौतमलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो । 
२०५४ सालमा स्थापना भएको विद्यालय नेपालको गुणस्तरी शिक्षामा प्रदेशकै उत्कृष्ठ शैक्षिक संस्था बन्न सफल भएको हो । प्रविधिमैत्रि प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा संस्थाले अतुलनीय योगदान पु¥याएको भन्दै प्रतिष्ठानले उत्कृष्ठ शैक्षिक संस्थाको पुरस्कार प्रदान गरेको हो । 
भौतिक पुर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेशस्तरमै उत्कृष्ठ शैक्षिक संस्थाको रुपमा आँफूलाई स्थापित गर्न सफल विद्यालयले आगामी दिनमा प्रतिष्पर्धी शिक्षाको विकासका साथै देशभक्त, आर्दशवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रहणी भुमिका निर्वाह गरोस भन्दै प्रतिष्ठानले नेपाल आर्दश माध्यमिक विद्यालयलाई सम्मान गरेको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...