समाचार
अर्जुन चौपारी १ को जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन शुरु
वालिङ, १६ साउन ।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका १ को जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । यहाँको भगवतीमाई बहुउदेश्यिय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगातयका पातबाट दुना टपरी बनाएर बिक्री बितरण गर्न थालेको हो । सहकारीका संरक्षक टुकराज अर्यालले पालिका भित्रका बेरोजगार महिलालाई आय आर्जनमा जोड्न उदेश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको बताउनुभयो ।
जगलमा पुगेर खोजेर ल्याएका पातलाई जोडेर आकार दिने र मेसिनले च्यापेर दुना टपरी बनाइने छ । मेसिनले च्यापेर दुना टपरी बनाउने भएपनि पातलाई सिन्कोले जोड्ने र कत्रो आकारको
बनाउने भन्ने महिलाहरुले गर्नु हुनेछ । पाचँ वटा डाई मार्फत मेसिनले साना दुना देखी ठुला टपरी बनाउने छ भने दुनाको प्रति गोटाको तीन रुपियाँ र टपरीको आठ रुपियाँ सम्म पर्ने छ । पात खोजेर ल्याएर मेसिनमा हाल्ने बनाएको कच्चा पदार्थको सानाको एक रुपियाँ र ठुलाको तीन रुपियाँ सम्म महिलाहरुले पारिश्रमकि पाउनु हुनेछ ।
आमा, दिदी–बहिनीले बनाएर ल्याएको पातको कच्चा पदार्थलाई मेसिनबाट दुना टपरी बनाउने काम भने सहकारीमा रहेका कर्मचारीले गर्नु हुनेछ । दुना सिधै दुईवटा पातबाट बन्ने छ भने टपरीलाई सिन्कोले जोडेर बनाउने गरिएको छ । पहिलो चरणमा २० जना आमा, दिदी–बहिनी पातबाट कच्चा पदार्थ बनाएर आय आर्जनमा जोडिएका छन् । मुख्य गरेर बिवाह, बर्तबन्ध र पुजा पाठमा प्रयोगमा आउने दुना टपरीलाई अब बाहिरबाट ल्यान नपर्ने पालिका बनाउने अर्यालले बताउनुभयो ।
दुई लाख ९४ हजार रुपियाँमा सहकारीले आफै मेसिन खरिद गरेर ल्याएर दुना टपरी बनाउन थालेको हो । मेसिनबाट एक दिनमा दुई हजार पाचँ सय वटा टपरी र दुना बन्ने बताउदै अर्यालले बाहिरबाट माग भए बिक्री समेत गर्ने बताउनुभयो । दुना टपरी बनाउने र बिक्री बितरण गर्ने काको सुरुवात गदैै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले महिलालाई आय आर्जनमा जोड्न गरिने हरेक काममा पालिकाको सहयोग रहने बताउनुभयो ।