अहिले तरंगमा

केहि छिनमा

समाचार

दाङको तुलसीपुरमा खहरे खोलाले अटो बगाउँदा दुई जना बेपत्ता

news

 

साउन १९,  दाङ – दाङ तुलसीपुरको खाद्रेमा खहरे खोलाले अटो बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–४ बेतनी खोलामा हिजो बेलुका आएको बाढीले अटो बगाउँदा खाद्रेकी ५६ वर्षीया सीता आले र सुर्खेत घर भई खाद्रे बस्दै आएकी १७ वर्षीया मञ्जु खड्का बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

तुलसीपुर बजारबाट खाद्रे गाउँका लागि छुटेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर–४ बेतनी खोलामा आएको बाढीले बगाएको थियो । अटोमा आले र खड्कासहित चालक खाद्रे गाउँका हरिकिसन बिक, सुनिता थापा र उहाँका ७ वर्षीय छोरा सुशान्त आले रहेका थिए ।

चालक बिक, थापा र उहाँका छोरा बग्दै गर्दा उत्रन सफल भएका थिए । अटो चालकले बाढीको अवस्था अन्दाज गर्न नसक्दा अटो बगाएको प्रहरीको भनाइ छ । बेपत्ता सीता आले र मञ्जु खड्काको खोजी भइरहेको छ ।

त्यस्तै गएराति अर्को एउटा अटोलाई पनि काला खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर बजारबाट बिजौरीका लागि छुटेको रा १ ह २३५७ नम्बरको अटोसहित चालकलाई बाढीले बगाएको थियो । अटो चालक तुलसीपुर–७ पर्सेनीका २२ वर्षीय दुर्गाबहादुर पुनको तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...