अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रदेश सांसद अर्यालद्धारा भीरकोट ५ का स्थानीयसंग छलफल तथा अन्र्तक्रिया

 
रेडियो आँधीखोला
वालिङ, १९ साउन ।
गण्डकी प्रदेशका सांसद तथा अर्थ विकास समितिका सभापति भोजराज अर्यालले भीरकोट ५ मा स्थानीयसंग छलफल गर्नुभएको छ । बाढी तथा पहिरोको क्षति अवलोकन गर्दै अर्थ विकास समितिका सभापति अर्यालले पिडितहरुसंग अन्र्तक्रिया पनि गर्नुभएको हो । 
कार्यक्रममा बोल्दै प्रदेश सांसद तथा अर्थ विकास समितिका सभापति अर्यालले पाँडेखोला व्यवस्थापन, आँधीखोलाबाट पकानफाँट जोगाउन, आँधीखोला कोरिडोर स्तरोन्नति, पहिरोबाट घरबार विहिनलाई राहत, पकान फाँटमा कृषि सडक निर्माण, सिंचाई कुलो निर्माण, खानेपानी व्यवस्थापन लगायतका पक्षमा आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 
करिब  ७० जना भन्दा बढी स्थानीय पीडित व्यक्तिहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस भीरकोट सभापति तथा पूर्व वडा अध्यक्ष याम प्रसाद अधिकारीले विपतको बेलामा पीडितले बोलाएको ठाउँमा जुनसुकै अवस्थामा पनि उपस्थित भएर सहयोग गरिरहेको र सदैव सहयोगका लागि तत्पर भएको बताउनुभयो । कार्यक्रम भीरकोट ५ का वडा अध्यक्ष सुवेदार कृष्ण बहादुर थापाको अध्यक्षतामा तथा नगर कार्यपालिका सदस्य दीपक जिटिको सञ्चालनमा सम्पन्न भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...