समाचार
पतञ्जली योग समिति स्याङ्जाद्धारा जडिबुटि दिवस तथा आचार्य श्रीको जन्मोत्सव मनाईयो
रेडियो आँधीखोला
वालिङ, २१ साउन ।
पतञ्जली योग समिति स्याङ्जाले जडिबुटि दिवस तथा आचार्य श्रीको जन्मोत्सवको अवसरमा विविध कार्यक्रम गरि मनाएको छ । समितिले गायत्री जाप, हवन, आचार्य श्रीका तस्वीरमा माल्र्यापण, हरिनाम संकृतन सहित जडिबुटीका विरुवा समेत वितरण गरेको छ ।
घ्युकुमारी, तुलसी, गुर्जोजस्ता जडिबुटिजन्य विरुवाहरु वालिङ बजारमा वितरण गरिएको समितिका महामन्त्री खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो । तुलसीको धार्मिक महिमासंगै वैज्ञानिक तथ्य पनि रहेको भन्दै तुलसी घरघरमा रोपण गर्न प्रेरित गर्ने साथै घ्युकुमारी र गुर्जो जस्ता औषधीय गुण भएका गुणकारी विरुवाहरु बजारमा निशुल्क वितरण गरिएको महामन्त्री अर्यालले बताउनुभयो ।
यस्ता जडीबुटीजन्य विरुवाहरु घरघरमा रोपण गरी जडीबुटीजन्य चिया सेवन गर्ने, योग गर्ने र निरोगी बन्नका लागी सचेतना प्रदान गदै विरुवा समेत वितरण गरिएको महामन्त्री अर्यालले बताउनुभयो । रोग लागेर औषधी उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागी स्वास्थ्यवद्र्धक चिजहरु सेवन गर्ने र दिनहुँ योग गर्ने बानी गरियो भने रोगबाट बच्न सकिने अर्यालको भनाई छ ।