अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आँधीखोला गाउँपालिकाद्धारा उत्कृष्ट बिद्यालय, बिद्यार्थी, शिक्षक, बिद्यालय ब्यबस्थापन समितिलाई सम्मान

 
रेडियो आँधीखोला
वालिङ, २२ साउन ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाद्धारा उत्कृष्ट बिद्यालय, बिद्यार्थी, शिक्षक, बिद्यालय ब्यबस्थापन समितिलाई सम्मान गरेको छ । उत्कृष्टहरुलाई सम्मान तथा शैक्षिक गुणस्तरका लागि सरोकारवालाहरू बिचको अन्तरक्रिया कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको हो । 
कार्यक्रममा कक्षा ५ को परीक्षामा उत्कृष्ट विद्यालयका रुपमा बास्केट आधारभूत विद्यालय सम्मानित भएको छ भने कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा दिन सफल जनप्रिय मावि कमेरेलाई सम्मान गरिएको छ । एसइइमा उत्कृष्ट नतिजा दिएको भन्दै जनप्रदिप माबि चिलाउनेबासलाई र कक्षा १२ को भर्खरै प्रकाशित नतिजामा उत्कृष्टता हासिल गरेकोले प्रघुम्न पनेरू माबि रङ्गेठाँटीलाई सम्मान गरिएको छ ।
पालिका भरिमा सर्वोत्कृष्ट विद्यार्थीहरुमा जनप्रदिप माविकी स्वेता पौडेल र जनप्रदीप माविका सक्षम पौडेल, कक्षा ८ मा शारदा मन्दिर माविका मनिषा ढकाल र त्रिसहिद माविका हृदयेश पोख्रेल रहनुभएको छ । एसइइमा उत्कृष्ट विद्यार्थीहरुमा प्रद्युम्न पनेरुका आकाश नेपाली र शारदा मन्दिर माविका अजिता अधिकारी सम्मानित हुनुभएको हो । 
उक्त अवसरमा शैक्षिक सत्र २०८०र०८१ मा बढुवा भै सम्मानित हुने शिक्षकहरू समेत सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षकहरुमा प्रकाशबहादुर कार्की, ख्यामनारायण लामिछाने, मेखबहादुर क्षेत्री, लेखमाया पौडेल, बाटुली पौडेल अधिकारी, गुमादेवी पौडेल र विन्दिया शर्मा रहनुभएको छ । 
कार्यक्रममा बिद्यालयहरूलाई आबश्यकता र प्राथमिकताको आधारमा प्रोत्साहन स्वरूप गाउँपालिकाले स्मार्ट बोर्ड, कम्प्युटर, प्रिन्टर लगायतका शैक्षिक तथा भौतिक सामग्रीहरु प्रदान गरेको छ । उक्त कार्यक्रममा बोल्दै शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले सबै विद्यालय शिक्षक समुदाय र पालिकाको सहकार्यबाट शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताउनुभएको थियो ।
आगामी दिनमा शैक्षिक स्तर गुणस्तरीय सुधारमा अबलम्बन गर्नुपर्ने बिषयमा कार्ययोजना तयार गरी लागू गर्ने गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...