अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

लायन्स क्लब अफ भीरकोटको आयोजनामा डेङ्गी सचेतना तथा सरसफाई

news

 
रेडियो आँधीखोला
वालिङ, २४ साउन ।
भीरकोटमा डेङ्गी, हैजा रोग सम्बन्धी सचेतना एवम् सरसफाई कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ भीरकोटको आयोजनामा बुधबार सचेतना तथा सरसफाई कार्यक्रममा गरिएको हो । भीरकोट नगरपालिका, भीरकोट जेसिज, सन्त निरंकारी मण्डल, भीरकोट उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरूको समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।  सचेतना तथा सरसफाइ कार्यक्रममा दार्सिङ देखि प्रहरी चौकी सम्म डेङ्गु र हैजाका कारण, लक्षण र  बच्ने उपाय र सरसफाइको महत्त्वका बारेमा माइकिङ गरिएको थियो भने आवश्यकता अनुसार सरसफाइ पनि गरिएको थिया े।
वर्षायाममा खानेपानीका स्रोतहरू दुषित हुने , घर वरपर र सार्वजनिक स्थलमा पानी जम्ने हुँदा हैजा तथा डेङ्गुको प्रकोप हुने भएकाले सचेतना  तथा सरसफाई कार्यक्रम गरिएको लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनालले जानकारी दिनुभयो । भीरकोट जेसिजका अध्यक्ष भरत खड्काले महामारीबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै स्वास्थ्य सचेतना कार्यक्रममा भीरकोटमा क्रियाशील संघसंस्थाबिच एकता भएकोमा खुशी व्यक्त गर्नुभयो ।
स्वास्थ्यकर्मी जगदिश खनालले डेङ्गु तथा हैजा रोगको लक्षणहरूको बारेमा जानकारी गराउँदै लायन्सको अग्रसरतामा स्वास्थ्य सचेतना कार्यक्रम भएकोमा खुशी व्यक्त गर्नुभएको थियो । लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) ले लायन्स सामाजिक र मानवीय सहायतमा जुट्ने संस्था भएको प्रष्ट पार्दै सचेतना र सरसफाइ कार्यक्रममा जुट्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...