अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सडक नाटक प्रदर्शनबाट उठेको रकम राम्दीको बृद्धाश्रमलाई हस्तान्तरण

news

 
रेडियो आँधीखोला
वालिङ, २४ साउन ।
वालिङमा रहेको साइनभिलेज इन्टरनेशनल एकेडेमी विद्यालयले सडक नाटक प्रदर्शनबाट उठेको रकम राम्दीको बृद्धाश्रमलाई हस्तान्तरण गरेको छ । विद्यालयले नगद र जिन्सी गरी ३५ हजार ४३५ रुपैँया राम्दीको शिवपार्वती बृद्धाश्रमलाई हस्तान्तरण गरेको हो । जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले साउन ४ गते वालिङ मोडमा समसामयिक विषयमा नाटक प्रर्दशनका साथै विद्यार्थीहरुको प्रतिभा प्रर्दशन गरेको थियो । उक्त नाटक प्रर्दशनबाट ४९ हजार १०० संकलन भएको थियो । साथै नाटक प्रर्दशनका लागी १४ हजार ६५ खर्च भएकोमा खर्च कटाएर बचत रकम तथा जिन्सी गरी ३५ हजार ४३५ रुपैँया बृद्धाश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । 
उक्त विद्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत बृद्धबृद्धाहरुलाई सहयोगार्थ सडक नाटक प्रर्दशन गरेको थियो । आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु जिल्लाका अन्य स्थानमा गरि अन्य क्षेत्रमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष शंकर श्रेठले बताउनुभयो । विद्यालयको यो पहिलो शुरुवात बृद्ध बुवाआमाहरुको आर्शिवादबाट शुरु गरिएको भन्दै आगामी दिनमा यस्तै कार्यक्रम गरी अन्य क्षेत्रमा सहयोग गर्ने भन्दै यसले समाजमा सकरात्मक सन्देश जाने, विद्यार्थीहरुलाई सामाजिक रुपमा अगाडि बढाउन सकिने र विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने प्लेटफर्म बन्ने विद्यालयका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
कार्यक्रममा नाटक प्रर्दशनीको उद्देश्य, संकलन रकम, खर्चलगायतका विषयमा विद्यालय संयोजक तेजप्रसाद पंगेनीले प्रकाश पार्नुभएको थियो । सडक नाटक प्रर्दशनीमा उठेको रकम मध्ये १३ हजार ९३५ रुपैँयाको खाद्यान्न लगायतका जिन्सी र २१ हजार ५०० नगद आश्रमलाई हस्तान्तरण गरिएको संयोजक पंगेनीले बताउनुभयो । 
आगामी दिनमा क्रमशः रामबाच्छा, बयँरघारी, बायँटारीलगायतका मुख्य बजारहरुमा पनि समय मिलाएर गर्दै जाने भन्दै उक्त कार्यक्रमहरु अन्य क्षेत्रको सहयोगार्थ गरिने संयोजक पङ्गेनीले बताउनुभयो । बालबालिकाहरुलाई पढाईसँगै आन्तरिक क्षमता विकासमा पनि सरिक बनाउने उद्देश्यले एकेडेमीले अतिरिक्त क्रियाकलापमा कार्यक्रमलाई प्राथमिकता दिएको छ । 
राम्दी स्थित आश्रममा ८ पुरुष र १५ महिला गरी २३ जना बृद्धबृद्धाहरुले आश्रय लिएर बस्दै आउनुभएको छ । आश्रममा विभिन्न व्यक्तिहरुले विवाह, जन्मोत्सलगायतका शुभ कार्य साथै दिवंगत पितृहरुको सम्झना तथा पुन्य तिथिमा पनि सहयोग गर्दै आएका छन् । आश्रमले एक दिन एक दाता अभियान अन्र्तगत हरेक दिन फरक दाताहरुबाट प्राप्त सहयोगले दैनिक भोजनको व्यवस्था गर्दै आएको आश्रमका कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...