अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

इलाका प्रशासन कार्यालय वालिङबाट राहदानी लिनेको संख्या घट्दै

news

 
वालिङ २४ साउन ।
इलाका प्रशासन कार्यालय वालिङबाट राहदानी लिनेको संख्या घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्षमा राहदानी लिनेको संख्या घटेको देखिएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा ईलाका प्रशासन कार्यालबाट ७ हजार ३७९ वटा राहदानी लिएका छन् । जसमा दु्रत सेवा सिफारिसमा ३८ वटा रहेको छ भने कार्यालयबाट राहदानी सिफारिसको संख्या ७ हजार ८२५ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयबाट ९ हजार ४३७ राहधानी वितरण गरिएको थियो । 
ईलाका प्रशासन कार्यालय वालिङबाट वितरित राहदानीको संख्या अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा २ हजार ५८ ले कमि हो । अघिल्लो आर्थिक वर्षमा दु्रत सेवा सिफारिसमा २०३ जना रहेका थिए भने राहदानी सिफारिसको संख्या ९ हजार ६९७ रहेको थियो । कार्यालयबाट राहदानी लिनेको संख्या घटेपछि राजस्व संकलन पनि अघिल्लो वर्ष भन्दा गतवर्ष कम संकलन भएको छ । गतवर्ष ४ करोड २४ लाख ९८ हजार संकलन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा कार्यालयले ५ करोड २२ लाख ६७ हजार ५१० राजस्व संकलन गरेको छ । 
त्यस्तै गत वर्ष भन्दा अघिल्लो आर्थिक वर्षमा नयाँ नागरिकता लिने र नागरिकताको प्रतिलिपि लिने पनि धेरै छन् । आर्थिक वर्ष २०७९÷०८० मा ईलाका प्रशासन कार्यालयबाट ५ हजार ३९१ नयाँ नागरिकता वितरण गरिएको छ भने नागरिकताको प्रतिलिपि, संसोधन गर्नेको संख्या ४ हजार ७५४ रहेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ नयाँ नागरिकता लिनेको संख्या ४ हजार ५८३ र नागरिकताको प्रतिलिपि, संसोधन गर्नेको संख्या ४ हजार ३०१ रहेको छ । 
त्यस्तै अघिल्लो आर्थिक वर्षमा १२ हजार ५१० जनाले राष्ट्रिय परिचय पत्रको लागी फोटो खिचाएका छन् भने २२५ जनाले जनजाति प्रमाणित गरेका छन् । त्यस्तै ४२ जनाले दलित प्रमाणित गरेका छन् भने १० जनाले जातीय प्रमाणित गरेका छन् । २८८ जनाले नाबालक परिचय पत्र बनाएका छन् भने ८ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन्् । 
गत आर्थिक वर्ष २०८०÷०८१ म ११ हजार ८७२ जनाले राष्ट्रिय परिचय पत्रको लागी फोटो खिचाएका छन् भने १९७ जनाले जनजाति प्रमाणित, ७३ जनाले दलित प्रमाणित र ३३ जनाले जातिय प्रमाणित गराएका छन् । त्यस्तै ३६८ जनाले नाबालक परिचय पत्र बनाएका छन् भने ५ जनाले वैवाहिक अंगिकृत लिएका छन् । ईलाका प्रशासन कार्यालय वालिङबाट वालिङ, चापाकोट, गल्याङ नगरपालिकाका सबै वडा, भीरकोट नगरपालिकाको वडा नं. ४, ५ र ९, कालीगण्डकीका सबै वडा, विरुवा गाउँपालिकाका ६, ७ र ८ वडाहरुका साथै हरिनास गाउँपालिकाका ५, ६ र ७ नं. वडाका नागरिकहरुले सेवा लिँदै आएका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...