अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वुटवल पावर कम्पनी लिमिटेडको महशुल वृद्धिको विषयमा आयोगको स्वागत योग्य निर्णय

news

 
रेडियो आँधीखोला
वालिङ, २५ साउन ।
विद्युत नियमन आयोगले वुटवल पावर कम्पनी लिमिटेडलाई महशुल वृद्धि नगर्न परिपत्र गरेको छ । विद्युत नियमन आयोगले बुटवल पावर कम्पनी लिमिटेडलाई सम्बोधन गरी आँधीखोला जलविद्युत वितरण केन्द्रको विद्युत महशुल वृद्धि विरुद्धको संर्घष समिति स्याङ्जालाई बोधार्थ गरी तत्काललाई बैसाख महिनामा प्रचलित विद्युत महशुल नै कायम गर्न गराउन भनी आयोगको यही साउन २२ गतेको बैठकले निर्णय गरेको भन्दै पुनरावलोकन पश्चात कायम हुने महशुल दर बारे सोको निर्णय भएपछि जानकारी गराईने समेत उल्लेख गरेको छ । 
आयोगले बैसाख २१ को निर्णयबाट विद्युत महशुल वृद्धि गरेको थियो । महशुल वृद्धि बारे जेष्ठ १ गते गोरखापत्रमा समेत प्रकाशित गरेकोमा विद्युत नियम आयोग ऐन २०७४ को दफा २२ बमोजिम पुनरावलोकनका लागी उपभोक्ता समुहबाट निवेदन परेको र सोको पुनरालोकन हुने भएकाले हाललाई वृद्धि भएको महशुल कार्यान्वयन नगरी अगाडिकै महशुल कायम गर्न भनिएको छ । विद्युत महशुल वृद्धिको विरुद्धमा स्याङ्जा सहित पाल्पाका उपभोक्ता विगत ३ महिनादेखि आन्दोलित थिए । 
नियम आयोगको निर्णय स्वागत योग्य रहेको संर्घष समितिका संयोजक नेत्रप्रसाद पाण्डेले बताउनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...