अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान

news

 
रेडियो आँधीखोला
वालिङ, २७ साउन ।
मातापिता प्रतिष्ठान वालिङ स्याङ्जाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वालिङ नगरपालिकाको सहयोगमा प्रतिष्ठानले वालिङका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई शनिबार पतञ्जली योगभवनमा एक कार्यक्रममा बीच सम्मान गरेको हो । जेष्ठ नागरिक सम्मान, प्रतिष्ठानको प्रथम साधारण सभा तथा प्रवचन कार्यक्रममा १४ वटै वडाका ८४ वर्ष माथिका १४ जना जेष्ठ नागरिकहरुलाई प्रतिनिधिमुलक रुपमा प्रत्येक वडाका एक एक जनालाई सम्मान गरिएको हो । 
कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद एवं अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले पछिल्लो समयमा मानवमा नैतिकता कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । मानव जिवनमा सेवा र आत्मीय भाव भएन भने समाजमा विकृत्ति र विसंगतिको विकास हुने बताउनुभयो । प्रतिष्ठानले जुन उद्देश्य राखेर अगाडि बढेको छ उक्त उद्देश्य पुरा गर्नका लागी सबैले हातेमोलो गर्नुपर्ने भन्दै घरमा मातापिता तथा जेष्ठ अभिभावकहरुको सेवा गरिएन भने मन्दिरमा देउता पुज्नुको कुनै औचित्य नहुँने सभापति अर्यालले बताउनुभयो । 
कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण महाराजजीले बाल संस्कार, मातापिताप्रतिको कर्तव्यलगायतका विषयमा प्रवचन दिँदै बालसंस्कार सिकाईएन भने धेरै सुधारगृहहरु खोल्नुपर्ने बाध्यता हुने बताउनुभयो । संस्कार र आध्यात्म चिन्तनको अभावले समाजमा विकृति देखा परेको भन्दै यसको जटिलताका विषयमा बेलैमा सचेत हुनुपर्नेमा उहाँको जोड छ । 
कार्यक्रममा वडा अध्यक्षहरु वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, ७ का अध्यक्ष पाण्डुकुमार थापा, ५ का अध्यक्ष छवि आले, ११ का अध्यक्ष डण्डपानी पंगेनी, सम्मानित जेष्ठ व्यक्तिहरुकोे तर्फबाट पुर्व मेयर लालचन्द गैह्रे, बयोबृद्ध तुलसीराम पंगेनी, गायक बुद्धिसागर, बस्याललगायतले प्रतिष्ठानको कार्यप्रति प्रशंसा व्यक्त गरेका थिए । 
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष प्रदिप बगाले र संचालन सचिव भरत बगालेले गर्नुभएको थियो । सम्मानित जेष्ठ नागरिकहरुलाई सम्मानपत्र र नगदले सम्मान गरिएको हो । संस्थाले सबैलाई समेट्न नसकेपनि प्रतिनिधि मुलक कार्यक्रम गरेको भन्दै सम्बन्धी वडा तथा अन्य संस्थाहरुले पनि समाजका अभिभावकहरुलाई सम्मान गरुन भन्ने ध्येयले यो कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...