अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल कानून ब्यवसायी परिषदको ३१ औं बार्षिक उत्सव मनाईयो

 
 
वालिङ, २८ साउन ।
नेपाल कानून ब्यवसायी परिषदको ३१ औं बार्षिक उत्सव स्याङ्जामा मनाइएको छ । स्याङ्जा जिल्ला बार एशोसियसनको आयोजनामा बार्षिकोत्सव मनाइएको हो । बार्षिकोत्सवको उदघाटन गर्दै जिल्ला न्यायधीशा बासुदेव पौडेलले न्याय निरुपणमा बार र बेन्चबीच समन्वय र सहकार्य गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । 
बार र बेन्चको आचरण, मर्यादा र ब्यवस्थापनतर्फ ध्यान दिदै छिटो छरितो न्याय दिलाउनु पर्नेमा उहाले जोड दिनुभयो । कार्यक्रममा अदालतका श्रेस्तेदार एवं उपसचिव भूमिप्रसाद शर्मा, सहायक न्यायधीवक्ता नवराज रेग्मी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, वार एशोसियनका केन्द्रिय पार्षद टंकप्रसाद न्यौपाने, वारका निवर्तमान अध्यक्ष चन्द्रबहादुर केसी, अधिवक्ता दिवाकर शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । वारका अध्यक्ष तुलसी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष संगीता नेपालीले स्वागत एवं सचिव युगनारायण श्रेष्ठले संचालन गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...