समाचार
स्याङ्जामा २२औँ जिल्ला परिषद सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २८ साउन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति स्याङ्जाले २२औँ जिल्ला परिषद सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँवरले परिषदको उद्दघाटन गर्दै संगठनको गौरवमय इतिहास रहेको र समग्र शिक्षकहरुको हितमा सर्मपित एकमात्र संगठन शिक्षक संगठन भएको भन्दै शिक्षकहरुको एकताले नै शैक्षिक गुणस्तर कायम गर्न सकिनेमा जोड दिनुभयो । पछिल्लो समय बढ्दो क्रममा रहेको नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै शिक्षकहरु ऋगाडि बढ्न सकेमा शिक्षकहरुको मर्यादा कायम हुने बताउनुभयो ।
यस वर्ष प्रधानाध्यापक पदमा कार्यरत ३१ जना शिक्षकहरुलाई सम्मान गरिएको कार्यक्रममा कोषााध्यक्ष तिलकराम अर्याल, पुर्व सचिव बलराम दोरंगा, प्रध्यानाध्यापक रामप्रसाद शर्मा, खगेन्द्र पौडेल, विपि पोख्रेल, दिप्तीनारायण शर्मा, बमबहादुर राना, ओमबहादुर गुरुङ, कमलप्रसाद न्यौपाने, लिलाबल्लब अर्याललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संगठनका अध्यक्ष हिमलाल ढकालको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष केदारप्रसाद मरासिनीले स्वागत र सचिव हिराबहादुर गाहाले सगाठानिक प्रतिवेदन प्रस्तुत संचालन गर्नुभएको थियो ।