समाचार
भीरकोटमा बीमा सम्बन्धी जनचेतना कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, २९ साउन ।
भीरकोटको बयरघारीमा बीमा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा स्थानीय सरकार तथा सरोकारवालाहरुसंग बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम नगरपालिका सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले कुनै पनि मानिसलाई समस्या नपर्दासम्म थाहा नहुँने भएकाले विमाले जोखिम बहन गर्ने बताउनुभयो । भीरकोटले स्वास्थ्य बिमामा नगरपालिकाले लगानी गरेको भन्दै अन्य बिमाको विषयमा पनि नगरपालिकाले योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।
भीरकोटमा कुनै पनि कम्पनीले साखा कार्यालय स्थापना नगरेको भन्दै छिटो कार्यालय स्थापना गर्ने कम्पनीसंग नगरले सहकार्य गर्र्नेे बताउनुभयो । प्राधिकरणले भीरकोटलाई राजेर यहाँका स्थानीय व्यापारी, बुद्धिजिवीलाई बिमा सचेतना कार्यक्रम गरेर सराहनीय कार्य गरेको उपप्रमुख भगवती अर्यालले बताउनुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोईरालाले आफ्ना भनाई राख्नुभएको थियो । बीमा गरेपश्चात क्षति भएका पिडितहरुले छिटो राहत रकम दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बिमा प्राधिकरणका सहायक निर्देशक सुन्दरप्रसाद शर्माले कार्यक्रमको बारेमा प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा भीरकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्याल, व्यापारी चिन्तामणि चापागाइँ, सुन्तला किसान शालिकराम अर्याललगायतले आफ्ना जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा सहभागिले बीमा कम्पनीहरुले कार्यक्रममा बीमा प्राधिकरणका प्रदेश प्रमुख केशवप्रसाद दहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत बलराम लामिछानेले गर्नुभएको थियो भने संचालन सुमित गिरीले गर्नुभएको थियो ।