अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

स्व. सुशील कोइरालाको ८५ औँ जन्म जयन्ती

 
रेडियो आँधीखोला
वालिङ, २९ साउन ।
तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा हिजो विभिन्न कार्यक्रम गरी मनाईएको छ । स्वर्गिय कोइरालाको ८५ औँ जन्म जयन्तीको अवसरमा स्याङजामा पनि विभिन्न कार्यक्रम गरिएको छ । स्वर्गिय कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस स्याङ्जाले पार्टी कार्यालयमा कोइरालाको स्मरण गर्दै उहाँको तश्विरमा माल्यापर्ण गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व माननीय भागवत प्रकाश मल्ल, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले सम्पुर्ण दललाई एकत्रित गरेर अगाडी बढ्नुभएका स्वर्गिय कोइरालाको भावनाको अनुशरण सबैले गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला सचिव दामोदर लम्साल, सहसचिव ध्रुवबन्धु पौडेल, महासमिति सदस्यद्वय तारा मल्ल, अनिता रूचाल, नेका जिल्ला सदस्य सोमनाथ लम्साल, सुनिता पौडेल गौतम, नगरसभापति सुरजकुमार अधिकारी, सचिव महादेव श्रेष्ठ, जिल्ला समन्वय सदस्य नेम राना, नगर प्रवक्ता मनोज पौडेल, क्षेत्रीय सदस्य प्रेमप्रसाद लामिछाने, त्रिभुवन आर्दश क्याम्पस प्रमुख बाबुकुमार सिग्देल, तरूण दल जिल्ला सहसचिव करूणा पौडेल क्षेत्री, पूर्व वडा अध्यक्ष रामचन्द्र रेग्मी, वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, ने.वि.संघ जिल्ला सभापति गौरव प्रधान, त्रिआ क्याम्पस लोकतान्त्रिक कर्मचारी संघ जिल्ला अध्यक्ष फणीन्द्र पौडेल, त्रिआ क्याम्पसका स्ववियु सभापति सबिन रेग्मी, तरूण नेता संगिता शर्मा लगायतको उपस्थिति रहेको थियो ।
विसं १९९७ साउन २८ गते जन्मिएका सभापति कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...