अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आईएमई लाइफ इन्स्योरेन्स वालिङ साखाद्धारा विद्यार्थीलाई अध्ययन सामाग्री वितरण

news

 
वालिङ ३० साउन,
रेडियो आँधीखोला ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी वालिङ साखाले विद्यार्थीलाई अध्ययन सामाग्री वितरण गरेको छ । इन्स्योरेन्सले आफ्नो वार्शिकोत्सवका अवसरमा विद्यार्थीलाई अध्ययन तथा शैक्षिक सामाग्री वितरण गरेको हो । इन्स्योरेन्सले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ४ को जन मावि विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । 
कार्यक्रममा अर्जुनचौपारी ४ का वडा अध्यक्ष भुवनसिंह गुरुङले इन्स्योरेन्सको वार्शिकोत्सवका अवसरमा सामाजिक उत्तर दायित्व अन्र्तगत शैक्षिक क्षेत्रमा गरेको यो कार्य निकै प्रशंसनीय रहेको भन्दै यसले विद्यार्थीलाई अध्ययन प्रति थप हौसला मिल्ने बताउनुभयो । कार्यक्रममा इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलले कम्पनीको ७औँ वार्शिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत अध्ययन तथा शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो । 
विद्यालयका प्रधानाध्यापक आत्मराम चापाइँको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत विद्यालयकी शिक्षिका तथा इन्स्योरेन्सकी एजेन्सी म्यानेजर तिलकुमारी रोका केसीले गर्नुभएको थियो भने कार्यक्रम संचालन इन्स्योरेन्सका वालिङ साखा प्रमुख धना अर्यालले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका १२० जना विद्यार्थीलाई अध्ययन सामाग्री प्रदान गरिएको हो । कम्पनीको वार्शिकोत्सव भदौ १ गते भएकाले वार्शिकोत्सवको पुर्व सन्ध्यामा एक हप्ता विभिन्न साखा रहेको जिल्लाहरुमा सामाजिक उत्तरदायितव अन्र्तगत कार्यक्रम आयोजना गरिएको वालिङ साखा प्रमुख अर्यालले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...