अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल भारत मेत्री संघद्धारा वालिङका पहिरो प्रभावितलाई राहत वितरण

news

 
 
आरती कुँवर
वालिङ, ३१ साउन ।
वालिङका दुई वडाका पहिरो प्रभावित घर परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ । वालिङ वडा नं १० र वडा नं १३ का १५ घर परिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरिएको हो । नेपाल भारतमैत्री संघ जिल्ला कार्यसमिति स्याङजाले मीत्र राष्ट्र भारतको ७७औं स्वतन्त्रता दिवसको अवसरमा बिहीबार पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको हो ।
 
पहिरो प्रभावितहरुलाई राहत वितरण गर्दै नेपाल भारतमैत्री संघ स्याङजाका अध्यक्ष ले. याम बहादुर गुरुङले यस संघले विभिन्न सामाजिक कार्यमा सक्रिय बन्दै आइरहेको भन्दै पहिरोबाट प्रभावित हुनुभएका परिवारलाई केही सहयोगी सामाग्री वितरण गरेको बताउनुभयो । कार्यक्रममा वडा नं १० का वडा प्रतिनिधी गंगा शर्मा पंगेनी, आजिवन सदस्य अर्जुन खनाल, समाजसेवी यज्ञ पाठक लगायतले बोल्नुभएको थियो ।
 
अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यज्ञ अधिकारी र स्वागत सदस्या सिता थापाले गर्नुभएको थियो । वालिङ वडा नं १० फेदी मोहरियाका ७ घर परिवार तथा वडा नं १३ सिख्रे र कुसुण्डेका ८ घर परिवार गरी १५ परिवारलाई राहत वितरण गरिएको हो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...