समाचार
सिन्धुपाल्चोकका कवि शिरिषको “देश फर्कि रहेको देश” कविता प्रथम
वालिङ, ३२ साउन ।
लेखक तथा कबि सुन्दर शिरिष(सिन्धुपाल्चोक) को “देश फर्कि रहेको देश” खुला कविता प्रतियोगित २०८१ मा प्रथम भएको छ । पुतलीबजार नगरपालिका १ मा बिहिबार भएको प्रतियागितामा २० वटा कबितालाई पछाडि पार्दै प्रथम भएको कबिताका लेखक शिरिषलले १५ हजार ५५५ रुपियाँ, प्रमाण पत्र पुरस्कार प्राप्त गर्नु भएको हो ।
पुष्प–चन्द्र ट्रष्टले संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम बार्षिक पुण्यतिथिमा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति कविवर केदारमान व्यथितको सम्झनामा कबिता महोत्सब तथा खुला कबिता प्रतियोगता गरेको हो । प्रतियोगितामा राजन सुबेदी दिपक(झापा) को “हराएको देश” द्धितिय, चन्द्रवती अधिकारी(बाँके)को “अ आए” तृतिय र बिनाायक पन्त(तनहुँ) को ब्रम्हाण्ड मष्तिस्क र सम्झना थापा मगर(स्याङ्जा)को सम्झनु त्यही मेरो देश हो सान्त्वना भएको कार्यक्रम संयोजक अनन्त कुमाार श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा द्धितियले ११ हजार १११, तृतीयले सात हजार ७७७ र सान्त्वनाले तीन हजार ३३३ रुपियाँ पुरस्कार सहित प्रमाणपत्र पाएको श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा बिजेतालाई नेपाल संगित नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्तले पुस्स्कार प्रदान गर्नु भएको थियो । “नेपाली भाषा, कला, संस्कृति, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ गरिएको महोत्सब तथा प्रतियोगितामा अमेरिका, बेलायत र मलेशिया सहित ४८ जिल्लाका १९९ कबिता मध्ये १४ जिल्ला २० उत्कृष्टमा प्रतिस्पर्धा गराइएको थियो । छानिएका उत्कृष्टको कबिता बाचन पश्चात निर्णायकले बिजेता छान्नु भएको हो ।
यस्तै कार्यक्रममा पुष्प–चन्द्र स्मृति सेवा पुरस्कार २०८१ बाट अमोर सेवा नेपाल (वाल गृह) फेदीखोला गाँउपालिका १ र एसइइ २०८१ मा जिल्ला टपर सुसान मरासिनीलाई सम्मान गरेको हो । यस्तै ट्रष्टले सामुदायिक बिधालयका बिद्यार्थी सहयोग कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिकाका ४ वटा बिद्यालयका पाचँ सय बिद्यार्थीलाई झोला, कपी, कलम सहितका शैक्षिक सामाग्री वितरण गरेको हो ।