अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

विश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा अर्जुन चौपारिमा पुस्तकालय स्थापना

news

 
वालिङ, ६ भाद्र ।
विश्व हिन्दु युवा संघ स्याङ्जाले अर्जुनचौपारी गाउँपालिकामा पुस्तकालय स्थापना गरेको छ । गाउपालिकाको कार्यालय भित्र पुस्तकालय स्थापना गरिएको विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले बताउनुभयो । 
जिल्लाका हरेक पालिकामा एक आध्यात्मिक ,सनातन धर्म संस्कृतिको जगेर्ना ,बालबालिका ,युवा केन्दृत सहितको पुस्तकालय स्थापना गर्ने उधेश्य सहित अगाडि बढेको विश्व हिन्दु युवा संघले यसको सुरुवात अर्जुनचौपारीबाट गरेको हो । पुस्तकालयको माध्यमबाट मानिसहरुमा पढ्ने बानिको बिकास गर्न खोजिएको बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष पौडेलले बताउनु भएको छ । 
पुस्तकालयमा करिब ७०० ओटा जति नेपाली ,संस्कृत ,अङ्ग्रेजी भाषाका पुस्तक रहेका छ्न। पुस्तकालयमा बिद्यार्थी ,युवा,बृद सबै जना आएर पढ्न मिल्ने उहाले बताउनु भएको छ। पुस्तकालयलाई पालिका भित्र पुस्तकालय स्थापना गर्न अनुमति दिएको भन्दै अर्जुन चौपारी गाउपालिका प्रमुख प्रकाश तिवारि तथा पालिकाप्रति अभारी रहेको उहाँले बताउनुभयो । गाउपालिका अध्यक्ष तिवारीले शिक्षा सुधारको लागि विशेष जोड दिँदै आउनुभएको र यसै कार्य अन्तर्गत पुस्तकालय स्थापना गर्न उहाँको पनि महत्वपुर्ण भुमिा रहेको अध्यक्ष पौडेलले बताउनुभयो । पुस्तकालय कार्यालय समय भरी खुल्ने भएकाले पुस्तकालयको रेखदेख ब्यबस्थापन पालिकाले गरेको छ ।
बिश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्ला भरी हरेक पालिकालाई नैतिक तथा संस्कार शिक्षा लागू गराउन  अपिल गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...