समाचार
दीप ज्योतियुवा क्लबद्धारा श्रीकृष्ण जन्माष्टमीमा लाखे नाँच एवम् सांस्कृतिक कार्यक्रम
वालिङ, १० भाद्र ।
पुर्खाहरुले शुरुवात गरेको सांस्कुतिक कार्यक्रमलाई विगत २१ वर्षदेखी निरन्तरता दिदै आएको दीप ज्योति युवा क्लबले यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी पर्वमा विभिन्न कार्यक्रम गरेको छ । दीप ज्योति युवा क्लब वालिङ १४ ले श्रीकृष्ण जन्माष्टमी एवम् क्लबको २२ औँ वार्षिकोत्सवको अवसर परि लाखे नाँच, तिज गित नृत्य प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्नुहुदैं वालिङ नगरपालिका वडा नं १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले यस क्लबले आफना बाबुबाजेले शुरुवात गरेको सांस्कृतिक कार्यक्रमलाई परिष्कृत रुपले वर्षेनी गर्दै आएको कार्यक्रम अत्यन्तै सराहनिय भएको भन्दै यस साँस्कृतिक कार्यक्रमलाईं आगमी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । साथै उहाँले हाम्रा मौलिक परम्पराहरुलाई जर्गेना गर्ने कार्यमा लाग्ने सम्पुर्णको साथकम आफुँ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । यस कार्यको सबैले अनुशरण गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा लाखे नाँचको साथमा तिज गित नृत्य प्रतियोतिगता एवम् स्थानिय कलाकारको समेत प्रस्तुति राखिएको थियो । स्थानिय कलाकार राजेश भण्डारी, सुरेन्द्र गौडेल तथा मोडेल शृष्टि विश्वकर्माले आ–आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । नृत्य प्रतियोगितामा एकल नृत्य अन्र्तगत सञ्चीता डुम्रे प्रथम, भुमिका कुँवर द्धितिय, रोजि डुम्रे तृतिय र निस्मा खनाल सान्त्वना भएका छन । तिज गित नृत्य प्रतियोतिगतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश नगद ४ हजार, ३ हजार, २ हजार, एक हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । त्यस्तै सामुहिक नृत्य अन्र्तगत पिसजोन इन्टिग्रेटेड विद्यालयका सिया श्रेष्ठको समुह पुरस्कृत भएको छ ।
कार्यक्रम क्लबका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन क्लबका उपाध्यक्ष टोप बहादुर अधिकारी र सदस्य सिता पाण्डे डुम्रेले र स्वागत सदस्य श्याम डुम्रेले गर्नुभएको थियो ।
यस्तै यता श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा हिजो स्याङ्जाका विभिन्न राधाकृष्णका मन्दिरहरुमा विशेष पूजाअर्चना भएका थिए । वालिङ नगरपालिका ८ धाराको चौरमा रहेको राधा माधव सत्संग केन्द्र वालिङको आयोजनामा हिजोश्रीकृष्ण अवतारसहितको ¥यालीले बजार परिक्रमा गरेको हो । धाराको चौरबाट सुरु भएको ¥याली बिपीचोक, डुम्रीकोट, क्याम्पसरोड, तल्लो वालिङ, वालिङ मोड, जैसीपधेँरा हुँदै पुनः धाराको चौरमा आएर सकिएको थियो । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा प्रवचन, प्रसाद ग्रहण, भजन किर्तनसहित मनाईएको हो ।
यसैबीच स्याङ्जाको छाङछाङदीमा झण्डै साढे ५ वर्षपछि कृष्ण जात्रा देखाईने भएको छ । विगतको झण्डै साढे ५ वर्षको अवधिमा विविध कारणले जात्रालाई निरन्तरता दिन नसकिएको भन्दै यो वर्षदेखि ऐतिहासिक कृष्ण जात्रालाई अगाडि बढाईने नेवा समाजका अगुवा पिताम्बर श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो, “बाबु बाजेको पालादेखि नै कृष्ण जात्रा देखाउँदै आईएको थियो तर विगत ५ वर्षसम्म यो जात्रा निकालिएको थिएन् । तर यो वर्ष अर्थात मंगलबार ऐतिहासिक कृष्ण जात्रा निकालिँदैछ ।” कृष्ण जात्रामा लठ्ठी नाँच, झुमा नाँच समेत प्रर्दशन गरिनेछ । छाङ्छाङदी हटिया नेवा समाजको आयोजनामा हुने ऐतिहासिक कृष्ण जात्रा कृष्णको जन्मोत्सवको अवसरमा प्रर्दशनी गर्न लागिएको हो ।