समाचार
तेजप्रगति आधारभुत विद्यालय वालिङ ८ काफलडाँडाको ६२औँ वार्शिकोत्सव कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १४ भाद्र ।
तेजप्रगति आधारभुत विद्यालय वालिङ ८ काफलडाँडाको ६२औँ वार्शिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा शिक्षाप्रेमि तथा समाजसेवी कुलप्रसाद शर्माले विद्यालयको गुणस्तर वृद्धिका लागी आवश्यक शैक्षिक तथा आर्थिक सहयोग गर्न तयार रहेको भन्दै विद्यालयलाई वालिङकै नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शर्माले विद्यालयमा अध्ययनरत ३९ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक अन्र्तगतको जुत्ता वितरण गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनीले विद्यालयलाई नमुना विद्यालय बनाउन हिँजो पनि सहयोग गर्दै आएको भन्दै आज र भोली पनि सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा वालिङ ७ का वडा सदस्य यमबहादुर थापा, वालिङ ८ का पुर्व अध्यक्ष कमलप्रसाद सुवेदी, पुर्व वडा सदस्य अनन्तराज शर्मा, नविन्द्रराज शर्मा, सोनुकुमार गुरुङलगायते विद्यालयले शैक्षिक क्षेत्रमा पुरयाएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा गत शैक्षिक सत्रको पुरस्कार वितरण, विभिन्न अतिरिक्त क्रियाकलापका पुरस्कार वितरण, विद्यालयका शिक्षकहरुलाई सम्मान, वडा नं. ७ का वडा सदस्य यमबहादुर थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल गैह्रेले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद उपाध्ययको सभापतित्वमा सम्पन्न् भएको थियो भने स्वागत शिक्षक भगवती थापा र संचालन प्रअ गैह्रेले गर्नुभएको थियो ।