अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

नेपाल महिला संघ जिल्ला कार्यसमिति स्याङ्जाद्धारा तिजको अवसरमा शुभकामना आदानप्रदान

news

 
रेडियो आँधीखोला
वालिङ, १४ भाद्र ।
नेपाल महिला संघ स्याङ्जाको आयोजनामा बुधबार वालिङमा तिज पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्दघाटन गर्दै नेपाली कांगे्रस गण्डकी प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले संघिय लाकतान्त्रिक प्रणालीमा महिलाहरुको हकअधिकार सुनिश्चित भएको बताउनुभयो । 
साथै उहाँले भृकुटी, सिता जन्मेका देश भएकाले कोहि पनि महिला कमजोर नभएको भन्दै एक सफल महिलाहरुले समाजका हरेक महिलाहरुलाई हातेमालो गरेर अगाडि ल्याउन आवश्यक रहेको बताउनुभयो । हरेक महिलाहरुमा फरक फरक क्षमता र दक्षता रहेको भन्दै त्यस्ता खुबीलाई नियालेर बाहिर ल्याउनुपर्ने भन्दै तिज पर्व महिलाहरुको लागी उत्सव भएको अर्यालको भनाई थियो । कार्यक्रममा संघिय सांसद राजु थापाले नेपालीहरुको तिज पर्वको शुभकामना व्यक्त गर्दै तडक भडक रहित तिज मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटिले गितको माध्यमबाट समाजका विकृत्ति र विसंगतिलाई प्रहार गरिने पर्व एउटा मुक्तिको पर्व भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ केन्द्रिय सदस्यद्धोय माया केसी र हिरादेवी शर्मा, नेपाल महिला संघ क्षेत्र नं. १ का सभापति गायत्री आचार्य, नेपाली कांगे्रस आँधीखोला गाउँपालिका सभापति नरेन्द्रराज पौडेल, नेपाली कांगे्रस वालिङ नगरउपसभापति सिता थापालगायतले तिज पर्वले महिलाहरुलाई थप शसक्त बनाउन महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । कार्यक्रम नेपाल महिला संघ जिल्ला कार्यबहाक अध्यक्ष देवि अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सचिव तारा मल्ल र संचालन सचिव बन्धना लम्साल धन्यवाद कोषाध्यक्ष सरस्वति बगालेले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु नेत्र खड्का, सुनिता नेपाली, राजेश भण्डारी सहित स्थानीय कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...