अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको बैठक सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, १५ भाद्र ।
उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको बैठक सम्पन्न भएको छ । संस्थाले गत आर्थिक वर्षको प्रगति वितरण प्रस्तुत गर्दै समिक्षा र चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुमाथि छलफल गरेको हो । बैठकमा संचालक, सल्लाहकार, लेखा समिति, विभिन्न सेवा केन्द्रका संचालक उपसमितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा चालु वर्षको योजना तथा कार्यक्रमहरुलाई कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयमा सहभागिले आफ्ना राय तथा सुझावहरु पेश गरेका थिए । 
कार्यक्रम संस्थाका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन कोषाध्यक्ष दुर्गा न्यौपाने र स्वागत उपाध्यक्ष यज्ञ पाठकले गर्नुभएको थियो । यसैबीच बैठक पश्चात संस्थाको महिला उपसमितिको आयोजनामा तिजको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा महिला उपसमितिका सदस्यहरुबीच एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रम महिला उपसमिति संयोजक तारा तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सजना कंडेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...