अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

जगतभञ्याङमा तिज गित तथा नृत्य प्रतियोगिता

 
रेडियो आँधीखोला
वालिङ, १९ भदौ ।
वालिङ नगरपालिका वडा नं. ५ जगतभञ्याङमा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । वडा कार्यालयले महिलाहरुको महान पर्व तिज २०८१ को अवसरमा तिज विषेश तथा तिज गित एवं नृत्य प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा सुरक्षा आमा समूह जर्कोट प्रथम, जनहित आमा समूह द्धितिय र डेलडाँडा आमा समूह तृतिय भएका छन् । प्रतियोगितामा ८ समूहको सहभागिता रहेको थियो । 
प्रतियोगितामा विजेता तथा उपविजेता टिमहरुलाई पुरस्कार वितरण गर्दै पुर्व कार्यपालिका सदस्य जमुना केसीले  तिज पर्वको मौलिकतालाई संरक्षण तथा संर्वद्धन गनुपर्ने बताउनुभयो । तिज पर्वले महिलाहरुलाई थप शसक्त बनाई उद्यमीलतामा लाग्न प्रेरित गर्ने भन्दै तिजमा भडकिलोपना भन्दा मौलिकपनालाई ध्यान दिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा नेकपा एमाले वालिङ नगरकमिटि उपसचिव जैसरा रेग्मी, एमाले वडा नं. ५ का उपाध्यक्ष जघन थापा, दिप्का बडहरे टोलका संयोजक मथुरा शाही, जगतभञ्याङ स्वास्थ्य चौकीका महिला स्वास्थ्यस्वयंसेविका टिकादेवि रेग्मीलगायतले यस्ता प्रतियोगिताले तिज गितको मौलिक भाकालाई संरक्षण गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष छवि आलेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत कार्यपालिका सदस्य जुना थापा र संचालन वडा सदस्य अनिता नेपालीले गर्नुभएको थियो । 
प्रतियोगितामा रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तोलाकान्त बगाले, लोक गायक गोपाल जिटि र साहित्यकार भोजकुमारी पाण्डेले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...