अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

क्षयरोगबाट स्याङ्जामा १४ जनाको मृत्यु

news

 
वालिङ, २६ भाद्र ।
स्याङ्जामा क्षयरोगबाट एक वर्षको अवधिमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा क्षयरोग सङ्क्रमित भएका १४ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख तथा जनस्वास्वास्थ्य अधिकृत केशव चापागाइँले जानकारी दिनुभयो । 
गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएका छन् । बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेका छन् । कार्यालयका अनुसार सबै भन्दा धेरै क्षयरोगीका बिरामी वालिङमा छन् । वालिङ नगरपालिकामा ७९ जना क्षयरोगीका विरामी छन् । त्यस्तै पुतलीबजार नगरपालिकामा ४३, गल्याङ नगरपालिकामा ५०, चापाकोट नगरपालिकामा ३३, भीरकोट नगरपालिकामा २३, फेँदिखोला गाउँपालिकामा ६, कालीगण्डकी गाउँपालिकामा २३, हरिनास गाउँपालिकामा ५ जना, विरुवा गाउँपालिकामा १०, अर्जुनचौपारी गाउँपालिकामा ५ जना र आँधीखोला गाउँपालिकामा ४ गरी २८१ जना क्षयरोगी छन् । 
स्याङ्जामा प्रतिलाख जनसंख्यामा १३४ जना क्षयरोगी भेटिएका छन् । प्रतिलाख जनसंख्यामा २३० देखि २४० जनासम्म क्षयरोगी भेटिने भएपनि जिल्लामा अझै पनि परिक्षणको दरमा कमी आएको छ । क्षयरोगको लक्षण देखिएपछि तथा लगातार खोँकी लागरिहेका बेला स्वास्थ्य संस्थामा गएर क्षयरोग जाँच गर्नुपर्छ भन्ने सचेतनाको कमी भएको देखिएको छ । 
क्षयरोगको औषधी जिल्लाभित्रका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा  वितरण भइरहेको छ । संक्रमित भएका हरेक वडा वडामा क्षयरोगको औषधी निशुल्क रुपमा वितरण भईरहेको छ । नियमित औषधी सेवन गरे क्षयरोगबाट बच्न सकिन्छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउँको दुख्ने, वाकवाक हुने जस्ता लक्षणहरु देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरु बताउँछन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...