अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ स्याङजाको चौथो अधिवेशन सम्पन्न

 
वालिङ, २६ भदौ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ स्याङजाको चौथो अधिवेशन वालिङमा सम्पन्न भएको छ । चौथो अधिवेशनले लिल बहादुर रनपालको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा संगिता नेपाली, सचिवमा पवित्रा बिक, कोषध्यक्षमा सरिता सुनार रहनुभएको छ  भने सदस्यहरुमा गिता रनपाल, प्रविन परियार, सुनिता बिक, गिता सुनार, अर्जुन परियार, माया बिक, सिता रनपाल, चित्र कुमारी दर्जी, फुलमाया नेपाली, सविता नौवाग र सिता रनपाल रहनुभएको छ । यस्तै सल्लाहकारमा खगेन्द्र विश्वकर्मा कमला बिक, कविता रनपाल खैसरा बिक, कृष्णकला सुनार रहनुभएको छ ।
कार्यक्रमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष रवि विश्वकर्माले हाम्रो समाजमा अभैपनि पछाडि परेको दलित समुदायको विकासका लागी उल्लेख्नीय काम हुन नसक्नु दुखको कुरा रहेको बताउनुभयो । कार्यक्रममा भीरकोट कार्यपालिका सदस्य खैसरा बिक, वालिङ, ८ वडा सदस्य कविता रनपाल, प्रविन परियार लगायतले बोल्नुभएको थियो ।  लिल बहादुर रनपालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत गिता रनपालले र सञ्चालन सचिव तथा अधिवक्ता संगिता नेपालीले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...