समाचार
साईन भिलेज इन्टरनेशनल एकेडेमीका विद्यार्थीद्धारा बौद्धिक अपांगता विद्यार्थीलाई खाद्यान्न तथा फलफुल वितरण
वालिङ, २६ भदौ ।
साईन भिलेज इन्टरनेशनल एकेडेमी वालिङ ८ का विद्यार्थीले बौद्धिक अपांगता भएका विद्यार्थीलाई खाद्यान्न तथा फलफुल वितरण गरेका छन् । विहिबार वालिङ ९ भुम्रेस्थित भुमे्र माध्यमिक विद्यालय अन्र्तगतको बौद्धिक अपांगता कक्षामा रहेका बालबालिकाहरुलाई कक्षा १ देखि ३ सम्मका विद्यार्थीले खाद्यान्न तथा फलफुल वितरण गरेका हुन् । कक्षा १ का ५२ जना, कक्षा २ का ५० जना र कक्षा ३ का ३३ जना गरी १३५ जना विद्यार्थी र शिक्षकहरुले बौद्धिक अपांगता भएका विद्यार्थीलाई भेटेर चामल, आलु, प्याज, टमाटर र फलफुल वितरण गरेका हुन् ।
बौद्धिक अपांगता भएका बालबालिकाहरुप्रति थप सम्मान गर्दै उनीहरुलाई अगाडि बढ्न पे्ररित गर्नुपर्छ भन्ने भावनाको विकास गर्न विद्यार्थीलाई बौद्धिक अपांगता भएका विद्यार्थीलाई भेटाइएको विद्यालयले जनाएको छ । कार्यक्रममा बौद्धिक अपांगता स्रोत कक्षाका स्रोत शिक्षक डोलराज बस्यालले बौद्धिक अपांगता कक्षामा १० जना बालबालिका अध्यनरत रहेको र उनीहरुको दैनिकिलगायतका विषयमा जानकारी गराउनुभएको थियो । बालदिवसको पुर्व सन्ध्यामा साईन भिलेजका विद्यार्थीले स्वेच्छाले खाद्यान्न तथा फलफुल बौद्धिक अपांगता भएका विद्यार्थीलाई वितरण गरेका हुन् ।