अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

जन्मदिनमा बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

news

 
वालिङ, २७ भाद्र ।
वालिङको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा बिआईसिटिई चौथो सेमेस्टरमा अध्यनरत वालिङ, १३ तारुखोलाका बबिन पाठकले आफ्नो जन्मदिनको अवसरमा बिहीबार वालिङ, ११ गब्दे स्थित बाल शिक्षा निकेतन आधारभुत विद्यालयका शिशु १ र २ कक्षामा अध्यनरत २८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । प्रत्येक विद्यार्थीलाई आधा आधा दर्जन गरी १४ दर्जन कापी र २८ वटा पेन्सिल प्रदान गर्नुभएको हो ।
कार्यक्रममा वालिङ, ११ का वडा अध्यक्ष डण्डपानि पंगेनीले जन्मदिनमा गरिने फजुल खर्च कटाई शैक्षिक सामाग्री उपलब्ध गराई साना साना नानिबाबुहरुको पढाईमा सहयोग पुग्ने बताउँदै सामाजिक कार्यमा अग्रसर भएकोमा खुशि व्यक्त गर्नुभएको थियो । विद्यार्थी पाठकले सेवा नै धर्म भएकाले मानविय सेवामा सक्रिय हुन पाउँदा खुशि लागेको बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिमल अर्याल, प्रधानाध्यापक कृष्ण प्रसाद पङ्गेनी, विद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...