अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

दहथुम बहुमुखी क्याम्पसमा डेढ लाख बढी छात्रवृत्ति वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, २९ भदौ ।
दहथुम बहुमुखी क्याम्पसमा डेढ लाख बढीको छात्रवृत्ति वितरण गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसले शनिबार एक कार्यक्रमको आयोजना गरि १ लाख ६३ लाखको छात्रवृत्ति वितरण गरेको हो । स्नातक तहमा अध्ययनरत जेहेन्दार, गरिब, असाहय, नियमित, उत्कृष्ठ विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो ।
छात्रवृत्ति वितरण गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले समग्र विकासका लागी उच्च शिक्षाको विकास गर्न सकिएन भने संभव नभएको बताउनुभयो । साथै नगरप्रमुख कर्माचार्यले नगरपालिकाले यहाँका विद्यार्थीलाई यहीँ अध्ययन गर्ने वातावरण सृजनाका लागी नगरले छात्रवृत्ति वितरणका लागी हरेक वर्ष सहयोग गर्दै आएको बताउनुभयो । नगरको विकास मध्ये शैक्षिक विकास पनि एक भएको भन्दै नगरका विद्यार्थीलाई अध्ययनमा सहज बनाउनका लागी नगरपालिकाले शिक्षामैत्रि कार्ययोजनाका साथ अगाडि बढेको नगरप्रमुख कर्माचार्यले बताउनुभयो ।
कार्यक्रममा भीरकोट नगरपालिका १ का वडा अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्ष श्यामकाजी अधिकारी, वडा अध्यक्ष लक्ष्मण खत्रि, क्याम्पसका पुर्व सल्लाहकार रमेश पौडेल, नेपाली कांगे्रसका नगरसभापति यामप्रसाद अधिकारी लक्ष्मण, नेकपा एमालेका नगर अध्यक्ष हर्कबहादुर गुरुङ, विद्यार्थी मन्दिरा खत्रिलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले क्याम्पसको ऐतिहासिक पृष्ठभुमिका बारेमा स्पष्ट पार्दै क्याम्पसलाई विद्यार्थी तथा अभिभावकहरुको आर्कषण बढाउनका लागी उचित योजनाका साथ अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख नेत्रनारायण रेग्मीले क्याम्पसको समग्र शैक्षिक विषयवस्तुका बारेमा प्रष्ट पार्दै क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायको अध्यापन हुँदै आएको बताउनुभयो । कार्यक्रम क्याम्पसका अध्यक्ष पिताम्बर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत संचालक सदस्य डोलराज केसी र संचालन प्रध्यापक टोलप्रसाद रेग्मी तथा धन्यवाद उपाध्यक्ष विश्वनाथ अर्यालले गर्नुभएको थियो । क्याम्पसका ७१ जना विद्यार्थीले नगद २ देखि ६ हजारसम्म छात्रवृत्ति प्राप्त गरेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...