समाचार
नेपाल आर्दश माध्यमिक विद्यालयका शिक्षक लम्सालद्धारा जन्मोत्सवमा शैक्षिक सामाग्री वितरण
वालिङ, २ असोज ।
नेपाल आर्दश माध्यमिक विद्यालयका शिक्षक सरोज लम्सालले जन्मोत्सवमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । बुधबार आफ्नो जन्मोत्सवका अवसरमा शिक्षक लम्सालले अमिलिथुम आधारभुत विद्यालय वालिङ ८ घ्याङलीङमा अध्ययनरत विद्यार्थीलाई कपीकलपलगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो ।
जन्मोत्सवमा हुने फजुल खर्च कटाएर विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको शिक्षक लम्सालले बताउनुभयो । जन्मोत्सवमा हरेक व्यक्तिले नयाँ कामको थालनी गरेर आफ्नो जन्मोत्सव मनाउने हो भने समाजमा सकरात्मक परिर्वतन आउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर सुवेदीले बताउनुभयो । जन्मदिनमा फजुल खर्च गरेर क्षणिक खुसी आर्जन गर्न सकिने भएकाले आफ्नो जन्मोत्सवमा अरुको खुसीका लागी काम गरियो भने त्यस्ता खुसी सँधै रहने अध्यक्ष सुवेदीले बताउनुभयो ।