समाचार
शिक्षाको विकासमा सबैको चासो जानुपर्ने–प्रदेश प्रमुख भट्ट
वालिङ, २ असोज ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराम भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताउनुभयो । फेदीखोला गाउँपालिकाले वडा नं – २, सिदार्थ माविमा गरिएको नवौं संविधान तथा ४५ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार आयोजना गरेको कार्यक्रममा प्रदेशका प्रमुख डिल्लीराम भट्टले उक्त कुरा बताउनुभएको हो । शिक्षा नभई केही नहुने बताउदै प्रदेशका प्रमुख भट्टले शिक्षा नभएको नागरिकसँग सबै भएर पनि केही नहुने बाउनुभयो ।
फेदीखोलाले शिक्षाको क्षेत्रमा प्रगतीको गरेको बताउदै अन्य पालिकाले समेत यसलाई अवलम्बन गर्नुपर्ने बताउनुभयो । अहिले प्राविधिक शिक्षा आवश्यक रहेको बताउदै प्राविधिक क्षेत्रमा फेदीखोलाले फड्को मारेको बताउनुभयो । यहाँका पर्यटकिय गन्तब्यको विकासमा सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउदै धेरै क्षेत्रको विकास भैसकेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदीले शैक्षिक विकासको लागि शिक्षक मात्र नभइ विद्यार्थी र अभिाभावकको समेत सोही अनुसारको जिम्मेवारी हुने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवदी, उपाध्यक्ष देउकुमारी गुरुङ लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा शैक्षिक ¥याली, झाँकी प्रदर्शनी गरिएको थियो भने उत्कृष्ठ विद्यालय, शिक्षक र विद्यार्थी पुरकृत तथा सम्मान गरिएको थियो ।