अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

राष्ट्रिय शिक्षा दिवस २०८१को अवसरमा विद्यालय र शिक्षकहरुलाई सम्मान

news

 
वालिङ, २ असोज ।
कार्यक्रममा शिक्षा विकास समन्वय एकाई स्याङ्जाले राष्ट्रिय शिक्षा दिवस २०८१को अवसरमा विद्यालय र शिक्षकहरुलाई सम्मान गरेको  छ । कार्यक्रममा एसईई परिक्षामा २५ जना भन्दा बढि विध्यार्थी सहभागि गराई सर्वोकृष्ट नतिजा हासिल गर्ने सामुदायिक र संस्थागत अन्तर्गत ३–३ वटा विद्यालय तथा सामुदायिक र संस्थागत अन्तर्गतका ५–५ जना विषयगत शिक्षकलाई सम्मान गरिएको हो ।  त्यस्तै चार जिपिए हासिल गर्ने विध्यार्थी र पेशागत लगनसिलताका आधारमा ४ जना शिक्षकलाई समेत सम्मान गरेको छ । 
सामुदायिक विद्यालय तर्फ सिद्वार्थ मावि फेदिखोला ४८.८४% अंक सहित प्रथम, जनता मावि कालिगण्डकी ४६. ३४% अंक सहित द्धितिय र जनज्योति मावि चापाकोट ४५.७६% अंक सहित तृतिय भएका छन् । त्यस्तै संस्थागत विद्यालय तर्फ नेपाल आदर्श मावि वालिङ ८५.४५% अंक सहित प्रथम, पिसजोन इन्टिग्रेटेड वालिङ ८३.१५% अंक सहित द्धितिय र सगरमाथा आवसिय मावि वालिङ ८०.७१% अंक सहित तृतिय भएको छ । 
विषयगत शिक्षक सामुदायिक तर्फ अंग्रेजी विषयका पुर्णामृत भवानी वालिङका दिपक लम्साल र नेत्र प्रसाद अर्याल, नेपाली विषयका प्रधुन्न पनेरू मावि आधिखोला  कृष्ण प्रसाद शर्मा, गणित विषयका (जनकल्याण मा वि चापाकोटका दुर्गा प्रसाद चापागाई, विज्ञान विषयका जन मावि अर्जुनचौपारीका दशरथ पौडेल, सामाजिक विषयका जनज्योती मावि चापाकोटका गरू प्रसाद पंगेनी सम्मानित हुनुभएको छ । 
त्यस्तै विषयगत शिक्षक संस्थागत तर्फ अंग्रेजीका पिसजोन मावि वालिङका यामप्रसाद डुम्रे अमृत, नेपालीका नेपाल आदर्श  मावि वालिङका शिवलाल गौतम, गणितका नेपाल आदर्श माविकै पिताम्बर पौडेल र अमृत रेग्मी, विज्ञानका नेपाल आदर्श मावि वालिङकै अर्जुन थापा र प्रकाश सुवेदी, सामाजिक विषयका सगरमाथा आवसिय मावि वालिङका ध्रुर्व तिवारी सम्मानित हुनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...