अहिले तरंगमा

केहि छिनमा

समाचार

नेपाल प्रजातन्त्र सेनानी संघ स्याङ्जाको अध्यक्षमा सुवेदी

news

वालिङ, ४ असोज ।
नेपाल प्रजातन्त्र सेनानी संघ स्याङ्जाको अधिवेशन आज स्याङ्जामा सम्पन्न भएको छ । आज बसेको भेलाले १७ सदस्यीय कार्य समिति गठन गरेको हो । 
भेलाले स्वतन्त्र सेनानी ताराप्रसाद सुवेदीको अध्यक्षतामा नेपाल प्रजातन्त्र सेनानी संघ स्याङ्जाको कार्यसमिति चयन गरेको हो । 
संघको उपाध्यक्षमा टीकाराम ढकाल, सचिवमा लक्ष्मण भट्टराई, कोषाध्यक्षमा भक्तबहादुर मल्ल रहनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा रामकृष्ण अधिकारी, जीवलाल काफ्ले, बोधराज रेग्मी (गोविन्द), दीर्घनारायण अर्याल, अम्विकादेवी पौडेल, रामनाथ शर्मा, मेघबहादुर खड्का, हिरण्य आचार्य, खगराज भट्टराई, गीता भट्टराई, कर्मवीर नेपाली, ओमनाथ शर्मा र रामबहादुर आले रहनुभएको छ । 
कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति विश्वप्रेम अधिकारी, नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापति केदार काफ्ले, गण्डकी प्रदेशका पूर्व सांसद भागवतप्रकाश मल्ल, नेपाली काँग्रेस स्याङ्जाका सचिव दामोदर लम्साल, नेपाली काँग्रेस पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...