अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाली कांगे्रस भीरकोट नगरसमितिको घुम्ती बैठक सम्पन्न

 
रेडियो आँधीखोला 
वालिङ, २० असोज । 
नेपाली कांगे्रस भीरकोट नगरसमितिको नियमित तथा घुम्ती बैठक भीरकोट ७ को पासिनडाँडामा सम्पन्न भएको छ । नगरसमितिले आफ्नो हरेक महिनाको बैठक वडाका विभिन्न स्थानहरुमा गर्ने अभियान अन्र्तगत शनिबार पासीनडाँडामा गरेको हो । घुम्ती बैठकले वडाका नागरिकहरुको समस्या बुझ्न सहयोग गर्ने र हरेक नागरिकसंग नजिक हुँदा विकास निर्माणका काम गर्न सहज हुने उद्देश्यले घुम्ती बैठक संचालन गरिएको नगरसभापति यामप्रसाद अधिकारी लक्ष्मणले बताउनुभयो । 
बैठकले विजयादशमी, दिपावली, छठ, नेपाल संवतलगायतका पर्वहरुको अवसरमा दशैँको कोजाग्रत पुर्णिमाको दिन शुभकामना आदानप्रदान गर्ने, बाढी र पहिरोमा पनि दिवंगत भएकालाई श्रद्धान्जली व्यक्त गरेको छ । 
कार्यक्रममा नेपाली कांगे्रसका महासमिति सदस्य छायाराम खनाल, भीरकोट नगरप्रमुख गोविन्द कर्माचार्य, जिल्ला सदस्यद्धोय तोयनाथ अर्याल र इन्दिरा केसी, पुर्व कोषाध्यक्ष पिताम्बर श्रेष्ठ, शालिकराम अर्याललगायतले आफ्ना भनाई राख्दै पार्टीलाई अझै मजबुद बनाई नागरिकको दुख सुखमा साथमा रहनुपर्नेमा जोड दिएका छन् । कार्यक्रम नगरसभापति अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभापति विष्णुमाया काफ्ले र संचालन सचिव ताराप्रसाद अर्यालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...