समाचार
नेपाल टे«ड युनियन कांगे्रस स्याङ्जाको जिल्ला परिषद तथा विजयादशमीको शुभकामना आदानप्रदान
रेडियो आँधीखोला
वालिङ, २० असोज ।
नेपाल टे«ड युनियन कांगे्रस स्याङ्जाको जिल्ला परिषद तथा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्दघाटन गण्डकी प्रदेशका सांसद तथा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले राजनितिमा संस्कार हराएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
सभापति अर्यालले देश विकराल अवस्थामा रहेको भन्दै राजनितिक संस्कारका कारण राजनिति तथा नेताप्रति नागरिकको वितृष्णा पैदा भएको उल्लेख गर्नुभयो । इमान्दार भएर सबै लागेमा नागरिकको हरेक आकांक्षा पुरा गर्न सकिने भएकाले राजनितिमा इमान्दारीता पनि अपरिहार्य रहेको सभापति अर्यालको भनाई थियो । साथै सभापति अर्यालले आँफू श्रमिकको साथमा रहेको भन्दै श्रम गर्नेलाई सँधै सम्मान र प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा श्रम तथा टे«ड विभाग सदस्य लिलबहादुर रनपाल, टे«ड युनियन प्रदेश सदस्यहरु भीम पंगेनी र गिता रनपाल, इश्वरी ढकाल, टे«ड युनियन संघिय प्रतिनिधि सुनिता उच्चै, नेपाल शिक्षक संघ महाधिवेसन प्रतिनिधि सिता गौडेल, नेपाली कांगे्रस वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे, टे«ड युनियनका पुर्व जिल्ला अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनी, शिक्षक संघ गल्याङका अध्यक्ष लेखनाथ चापागाँई, टे«ड युनियन विरुवाका अध्यक्ष गोविन्द केसी, शिक्षक संघ जिल्ला कार्यसमितिका अर्थ सचिव कमलराज लम्साललगायतले विजया दशमीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा टे«ड युनियन कांगे्रसका पुर्व जिल्ला अध्यक्ष तथा सल्लाहकार धु्रवप्रसाद शर्मापंगेनीलाई सम्मान समेत गरिएको थियो । टे«ड युनियन कांगे्रसका जिल्ल अध्यक्ष दुर्गाबहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष भिमप्रसाद गैह्रे र संचालन सचिव कमल गैह्रेले गर्नुभएको थियो भने धन्यवाद सहसचिव राजकुमार उपाध्यायले गर्नुभएको थियो ।