अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

दशैँको चौथो दिन आज कुष्माण्डाको पूजाआराधना गरिँदै

news

 

असोज २०, काठमाण्डौ – दशैँको चौथौ दिन आज कुष्माण्डादेवीको पूजाआराधना गरिँदैछ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गर्ने गरिन्छ ।

दशैँ अवधिभर काठमाण्डौ उपत्यकाका मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत शक्तिपीठहरुमा दर्शनार्थीको घुुइँचो लाग्छ ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...