समाचार
नेपाली सेना, प्रहरी, शसस्त्र बलको जस्तै पोसाक र दर्यानी चिन्ह लगाउन नपाईने
वालिङ, २० असोज ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपाली सेना, प्रहरी शसस्त्र बलको जस्तै पोसाक र दज्यानी चिन्द प्रयोग नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नेपाली सेना, प्रहरी, शसस्त्र बल नेपालले प्रचलित कानुन बमोजिम प्रयोग गर्दै आएको पोशाक तथा दज्यानी चिन्हसंग मिल्दोजुल्दो हुने गरी सरकारी तथा गैह्रसरकारी र निजी सुरक्षा संघसस्थाहरुका सुरक्षा गार्डहरुले समेत पोशक र दज्यानी चिन्ह प्रयोग गर्ने गरीएको पाईएको भन्दै यस्तो नगर्न आग्रह गरेको हो ।
यस्ता कार्यबाट आम नागरिकमा नेपाली सेना, प्रहरी र सशस्त्र बल नेपालमा कार्यरत प्रहरी कर्मचारीको पोशाक तथा दज्यानी चिन्हहरुमा द्धिविधा तथा भ्रम उत्पन्न भई अपराधिक क्रियाकलाप तथा अप्रिय घटनाहरु ह्ुने तथा शान्ती सुरक्षा कायम गर्ने गराउने लगायतका सुरक्षा निकायबाट हुने गतिविधिमा बाधा आईपरेको भन्दै यस्तो आग्रह गरेको हो । यस्ता गतिविधिबाट हुने बाधा व्यवधान तथा प्रवित्तिलाई निरुत्साहित गर्नका लागी प्रहरी तथा सुरक्षा निकायका पोशाक तथा दज्यानी चिन्ह कसैले प्रयोग नर्गन नगराउन आग्रह गरिएको प्रशासनले जनाएको छ । यदि यो निर्देशनलाई अटेरी गरे प्रचलित कानुन अनुसार कडा कारबाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ ।