समाचार
बौद्धिक अपांगता भएकी महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ
रेडियो आँधीखोला,
वालिङ २७ अशोज ।
बौद्धिक अपांगता भएकी महिलालाई जबरजस्ती करणी गर्ने एक पुरुषलाई पक्राउ परेका छन् । यही अशोज २५ गतेका दिन ३० वर्षकी राम्रोसँग बोल्न नसक्ने बौद्धिक अपाङ्गता भएकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले स्याङ्जाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिनास गाँउपालिका ४ का ४५ वर्षीय टुक बहादुर थापा रहनुभएको छ । थापाले ति महिलालाई ललाई फकाई धाक धम्की दिई, डर त्रासमा पारी जवर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।